Cricket Himalaya
Cricket News From Top of The World

महिला प्रधानमन्त्री कप : रुबिना क्षेत्रिको कप्तानिमा प्रदेश नम्बर १ को टिम तयार

असार ३, क्रिकेट हिमालय

प्रधानमन्त्री कप महिला टि ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि प्रदेश न १ ले टिम घोषणा गरेको छ । प्रदेश १ को महिला क्रिकेट टिममा रुबिना क्षेत्रि कप्तान र काजल श्रेष्ठ उपकप्तान रहेको टिममा रोमा थापा, अप्सरी बेगम, निगम तामाङ, नबिना खड्का, सिर्जना तामाङ, सँगम तामाङ, सिजा राई, संगीता राई, सवनम राई, निशा साह, रश्मि शर्माअन्सु जैसवाल रहेका छन भने टिम ब्याबस्थापकमा महेश राई र टिम कोचमा बिरु श्रेष्ठ रहेका छन ।

प्रधानमन्त्री कप महिला टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता असार ४ गते देखि सुरु हुदैछ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा महाकाली स्पोर्टस् सोसाइटीको व्यवस्थापनमा हुने प्रतियोगितामा सात प्रदेश र १ बिभागिय गरि कुल ८ टोलीको सहभागिता रहने छ । प्रतियोगिताको समुह ए मा एपीएफ, सुदुरपश्चिम, प्रदेश ५ र गण्डकी प्रदेश रहेका छन । समुह बी मा प्रदेश एक, दुई, तीन र कर्णाली रहेका छन । प्रतियोगिताको उद्घाटन खेलमा असार ४ गते सुदुरपस्चिम प्रदेश र गण्डकी प्रदेश भिड्ने भएका छन ।

प्रतियोगिताको पुरस्कार राशी तर्फ विजेताले नगद ५ लाख तथा उपबिजेताले नगद ३ लाख रुपैँया प्राप्त गर्नेछन साथै प्रतियोगिताको उत्कृष्ट बिधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ३० हजार पाउनेछन । यस्तै विधागत रुपमा उत्कृष्ट हुनेले १५–१५ हजार रुपैयाँ पाउनेछन ।

खेलतालिका