Cricket Himalaya
Cricket News From Top of The World

रात्रिकालिन एपिएल, इटहरी : तेश्रो दिन अनिल मन्डल उत्कृष्ट, आर्मी बिजयी

असार ३, क्रिकेट हिमालय

एरिना टेलिभिजनको आयोजनामा इटहरिमा जेस्ठ ३१ देखि असार ९ सम्म सन्चालन हुने ‘ रात्रीकालिन एरिना प्रीमियर लिग (APL)’ को तेश्रो दिनको खेलमा बिराटनगरलाइ ३२ रनले पराजित गर्दै आर्मी बिजयी भएको छ !

आर्मी र एचसिसि बिराटनगर

सुरुमा ब्याटिङ गरेको आर्मिले २० ओभरमा ६ विकेट गुमाउदै १६८ रन बनाएको थियो ! अनिल मन्डलले ३९ बलमा ५३ रन, हरि कृश्न झाले १७ बलमा २८, राजु रिजालले २८ बलमा २८ रन बनाएका थिए !

सौगात भट्टराई र अमृत सिंहले समान २/२ विकेट लिएका थिए !

लक्ष पछ्याएको बिराटनगर २० ओभरमा ८ विकेट गुमाउदै १३६ रनमा समेटिएपछी ३२ रनले पराजित रह्यो ! दिपक पासवानले २३ बलमा ४६ रन, पुस्प थापाले २६ बलमा ३० रन बनाएको थियो !

आर्मिका लागि हरि झाले २ विकेट लिएका थिए !

आर्मीका अनिल मन्डल प्लेयर अफ द म्याच भएका थिए !

प्रतियोगितामा कुल ७ टिमहरुको सहभागिता रहेको छ !

ग्रुप ए : त्रिभुवन आर्मी क्लब, इनरुवा नगरपालिका, होराइजन क्रिकेट क्लब बिराटनगर, बेलबारी क्रिकेट क्लब बेलबारी

ग्रुप बि : एपिएफ, नेपाल पुलिस क्लब, एरिना च्यालेन्जर इटहरी

टाइसिट