Cricket Himalaya
Cricket News From Top of The World

सियारी टि-ट्वान्टि अमुवा : उद्धाटन खेलमा रानिगन्ज क्रीकेट क्लब बिजयी

क्रीकेट हिमालय, रुपन्देही, असार २

अमुवा क्रीकेट क्लब अमुवा रुपन्देहीद्वारा रुपन्देहीको सियारि गाउँ पालिका वडा नम्बर ७ अमुवामा आजबाट सुरु भएको प्रथम खुल्ला सियारी टि-ट्वान्टी नकआउट क्रीकेट प्रतियोगिता मा रानीगन्ज क्रीकेट क्लब बिजयी भएको छ ।
आज भएको पहिलो दिनको एक मात्रै खेलमा धुर्वतारा सान्ती युवा क्लब चिलिया बिरुद्द २५ रनले बिजयी भएको हो ।
टस जिति पहिला ब्याटिङ गरेको रानीगन्जले १७ ओभरमा सबै विकेट गुमाउदै ६८ रनमा समेटिएको थियो । ६९ रनको बिजय लक्ष्य का साथ मैदान मा जवाफी ब्याटिङ गरेको धुर्वतारा सान्ती युवा क्लब चिलिया १३.३ ओभरमा ४३ रनमा समेटिदा रानिगन्ज २५ रनको रोचक जित दर्ता गर्न सफल भयो । २ ओभरमा २ रन खर्चंदै ३ विकेट लिएका
रानीगन्ज क्रीकेट क्लबका अर्जुन नेपाली खेलको म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता पुरस्कार राशि तर्फ बिजेताले नगद २५ हजार ट्रफी ,मेडर र प्रमाणपत्र साथै उपबिजेताले टिमले नगद १५ हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । साथौ प्रतियोगिताको उत्कृष्ट बिधातर्फ म्यान अफ दि म्याच , म्यान अफ दि सिरिज , बेस्ट ब्याट्म्यान , बेस्ट बलर लाई समेत आकर्षक पुरस्कारको बबस्था रहेको छ। आयोजकको तर्फबाट खेल ब्याबस्थापन तथा सम्योजकमा बिकास भन्डारी , निरज क्षेत्री, महेन्द्र कोइरी र माधब गुप्ता रहेका छन
आज बाट सुरु प्रतियोगिता का केही तस्वीरहरु