Cricket Himalaya
Cricket News From Top of The World

सप्तरी प्रिमियर लिग, राजबिराज पहिलो दिन : बोडे बर्साइन थन्डर्स बिजयी

अषाढ २, राजबिराज

सबल नेपालको मुख्य आयोजना, राजबिराज नगरपालिकाको सहयोग एवम सप्तरी क्रिकेट संघ संगको सहकार्यमा राजबिराज स्थित प. बि. मा. बि. को खेल मैदानमा आजबाट सुरु भएको ‘सप्तरी प्रिमियर लिग’ को पहिलो दिन बिजयी भएको छ ।

बोडे बर्साइन थन्डर्स र बजाज खडक वारियर्स

सुरुमा ब्याटिङ गरेको बोडे बर्साइनले निर्धारित २० ओभरमा २ विकेट गुमाउदै १७९ रन बनाएको थियो । मन्जित श्रेष्ठले २२ बलमा १३, पवन दासले रिटायर हर्ट हुनु अघि ३६ बलमा ३३, मिनस थापाले २७ बलमा ३५, अमीत यादबले २२ बलमा ३४*, मुकुन्द यादबले १५ बलमा ४९* रन बनाएका थिए । बजाज वारियर्सका लागि नन्दन झा र योगराज शर्माले समान १/१ विकेट लिएका थिए । लक्ष पछ्याएको बजाज खडक २० ओभरमा ८ विकेट गुमाउदै १४६ रनमा सिमित भएपछी ३३ रनले पराजित रह्यो । हरि शन्कर साहले २९ बलमा ४५, राजेस पुलामी मगरले १३ बलमा १६, सम्साद सेखले ३९*, नन्दन झाले १९* रन बनाएका थिए । बोडे बर्साइनका लागि मन्जित श्रेष्ठले २, श्रवण यादव १, मुकुन्द यादब १, मिनस थापा १, ओपेन राई १, पप्पु यादबले १ विकेट लिएका थिए । लिगको आधारमा खेलाईने उक्त प्रतियोगितामा ५ टिमको सहभागीता रहेको छ ।

महिला सप्तरी प्रिमियर लिग समेत हुँदै

सुरुंगा नगरपालिका र खडक नगरपालिकाले प्रायोजन एवम सप्तरी जिल्ला क्रिकेट संघको आयोजनामा असार ९ देखी पहिलो ‘महिला सप्तरी प्रिमियर लिग’ को आयोजना समेत हुने भएको छ । महिला सप्तरी प्रिमियर लिगको अक्सन अषाढ ५ गते हुनेछ ।

प्रतियोगितामा यस पटक पुरुष तर्फको बिजेताले २ लाख नगद सहित ट्रफि प्राप्त गर्नेछ भने उपबिजेताले १ लाख पाउनेछ । त्यसै गरि महिला तर्फ बिजेताले ५१ हजार तथा उपबिजेताले ३१ हजार प्राप्त गर्नेछ । गत बर्षबाट संचालन गरिएको मेयर कप सप्तरी प्रिमियर लिगको पहिला उपाधि बजाज खडक वारियर्सले १ लाख ५० हजार सहित चुमेको थियो ।