Cricket Himalaya
Cricket News From Top of The World

तिलोत्तमा प्रिमियर लिग (TPL3) को खेलाडी आवेदन असार ८ गतेदेखि खुल्ला हुने

असार २, क्रिकेट हिमालय | रुपन्देही

तिलोत्तमा क्रिकेट बिकास समितिको आयोजनामा सुरु हुने तेस्रो सस्करणको तिलोत्तमा प्रिमियर लिग टिपिएल-३ को खेलाडी आबेदन असार ८ गतेदेखि खुल्ला हुने भएको छ । श्रावण २ गतेसम्म खुल्ला रहने आबेदनमा प्रदेश ५ अन्तर्गतका १२ जिल्लाका सबै खेलाडी सहभागी हुन पाउनेछ्न । खेलाडी आवेदन शुल्क रु १००० लाग्नेछ साथै २ प्रति फोटो र आबेदन फारममा उल्लेखित खेलाडीको सबै बिवरण उल्लेख गर्नुपर्नेछ । आवेदन फर्म प्रदेश ५ का सबै जिल्ला, विभिन्न स्पोर्ट्स हाउस, क्रिकेट एकेडेमी, एनसीएसएस (NCSS) रुपन्देही लगायत का विभिन्न सस्थाहरुमा उपलब्ध हुनेछ । पहिलो सिजनमा रुपन्देही जिल्लाका खेलाडीमा मात्रै सिमित रहेको टिपिएल, दोस्रो सिजनमा लुम्बिनी अञ्चल हुँदै तेस्रो सिजनमा प्रदेश ५ का सबै जिल्लाका खेलाडीलाई सहभागी हुन पाउने आयोजकले जनाएको छ । तिलोत्तमा प्रिमियर लिगका सबै खेलहरु तिलोत्तमा स्थित नवजीवन खेल मैदान १० नम्बरमा हुनेछन ।

पहिलो सिजनको तिलोत्तमा प्रिमियर लिगको बिजेताले २ लाख र उपबिजेताले १ लाख तथा दोस्रो सिजनको बिजेताले ३ लाख र उपबिजेताले १.५ लाख नगद प्राप्त गरेका थिए भने तेस्रो सिजनको बिजेताले प्राप्त गर्ने रकम केही बड्न सक्ने आयोजकले जनाएको छ । पहिलो सिजनको उपाधी SR NSCA टाइगर्सले तथा दोस्रो सिजनको उपाधी लुम्बिनी कसाई ग्लाडिएटर्सले जितेको थियो ।

(TPL-2 को बिजेता लुम्बिनी कासाइ ग्लाडियटर्स – फाइल फोटो)