Cricket Himalaya
Cricket News From Top of The World

पिएम कप महिला राष्ट्रिय क्रिकेटको लागि प्रदेश न २ को टिम घोषणा

असार २, क्रिकेट हिमालय

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि प्रदेश न २ ले टिम घोषणा गरेको छ ।

१ सरस्वती चौधरी २. सन्तोशी कुमारी चौधरी ३. कविता गौतम ४. शान्ती चौधरी ५. आरती चौधरी ६. नीर कुमारी बलमपाकी ७. गोमा आले ८ दुर्गा कार्की ९ सोभा आले १० निसा गिरि ११ सुमन पटेल १२ प्रीती साह १३ आसिका हमाल १४ रोजी कडारी

मौसम राई ब्यवस्थापक र अनिल शर्मा प्रशिक्षक रहेका छन । प्रधानमन्त्री कप महिला टि-२० क्रिकेट प्रतियोगिता असार ४ गते देखि सुरु हुदैछ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा महाकाली स्पोर्टस् सोसाइटीको व्यवस्थापनमा हुने प्रतियोगितामा सात प्रदेश र १ बिभागिय गरि कुल ८ टोलीको सहभागिता रहने छ । प्रतियोगिताको समुह ए मा एपीएफ, सुदुरपश्चिम, प्रदेश ५ र गण्डकी प्रदेश रहेका छन भने समुह बी मा प्रदेश एक, दुई, तीन र कर्णाली रहेका छन ।

प्रतियोगिताको उद्घाटन खेलमा असार ४ गते सुदुरपश्चिम प्रदेश र गण्डकी प्रदेश भिड्ने भएका छन ।प्रतियोगिताको पुरस्कार राशी तर्फ विजेताले नगद ५ लाख तथा उपबिजेताले नगद ३ लाख रुपैँया प्राप्त गर्नेछन साथै प्रतियोगिताको उत्कृष्ट बिधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ३० हजार पाउनेछन । यस्तै विधागत रुपमा उत्कृष्ट हुनेले १५–१५ हजार रुपैयाँ पाउनेछन । प्रतियोगिताको कुल खर्च ८८ लाख रुपैयाँ रहेको छ ।

खेलतालिका