Cricket Himalaya
Cricket News From Top of The World

रात्रिकालिन एपिएल, इटहरी : दोश्रो दिन सोनु अन्सारी उत्कृष्ट, इनरुवा बिजयी

असार २, क्रिकेट हिमालय

एरिना टेलिभिजनको आयोजनामा इटहरिमा जेस्ठ ३१ देखि असार ९ सम्म सन्चालन हुने ‘ रात्रीकालिन एरिना प्रीमियर लिग (APL)’ को दोश्रो दिनको खेलमा बेलबारिलाइ १८ रनले पराजित गर्दै इनरुवा बिजयी भएको छ !

टस हारेर सुरुमा ब्याटिङ गरेको इनरुवाले सोनु अन्सारिको ३० बलमा ६०, मेहबुब आलमको ३१ बलमा ४५ रनको सहयोगमा १५ ओभरमा ६ विकेट गुमाउदै १५० रन बनाएको थियो !

बेलबारिका लागि कमल खत्री, प्रबेस र निस्चलले समान १/१ विकेट लिएका थिए !

लक्ष पछ्याएको बेलबारी १५ ओभरमा ८ विकेट गुमाउदै १३२ रनमा समेटिएपछी १८ रनको हार बेहर्यो ! नित्य खडौलियाले २६ बलमा ५६, अन्कित सुबेदिले २२ बलमा २५ रन बनाएका थिए !

इनरुवाका लागि सोनु मन्डल, रसिद खान, मेहबुब आलमले समान १/१ विकेट लिएका थिए !

इनरुवाका सोनु अन्सारी प्लेयर अफ द म्याच घोसित भएका थिए !

प्रतियोगितामा कुल ७ टिमहरुको सहभागिता रहेको छ !

ग्रुप ए : त्रिभुवन आर्मी क्लब, इनरुवा नगरपालिका, होराइजन क्रिकेट क्लब बिराटनगर, बेलबारी क्रिकेट क्लब बेलबारी

ग्रुप बि : एपिएफ, नेपाल पुलिस क्लब, एरिना च्यालेन्जर इटहरी

टाइसिट