Cricket Himalaya
Cricket News From Top of The World

ललितपुर जिल्ला क्रीकेट संघको निर्वाचन सम्पन्न, नरेश राना अध्यक्षमा चयन

असार १,क्रिकेट हिमालय

ललितपुर जिल्ला क्रिकेट संघको अध्यक्षमा नरेश राना चुनिएका छन् । आज भएको विशेष साधरणसभाले नरेश रानाकोको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।
सभाले उपाध्यक्षमा शेखर श्रेष्ठ , सचिवमा प्रसन्न साक्य , कोषाध्यक्षमा गोबिन्द मल्ल ठकुरी र सदस्यहरुमा राजाराम तन्डुकार , सुजिता मानन्धर ,सरोज चित्रकार ,किरण श्रेष्ठ ,सुजन महर्जन ,एलिन्ना साक्य , सुधिर कुमार महर्जन ,बिनय कुमार श्रेष्ठ , रोशन राना ,नारायण मल्ल र राजेन्द्र खड्का चयन भएका हुन् ।

नेपाल क्रिकेट संघको बिधान २०५५ (सन्सोधन सहित) को धारा २२(३) बमोजिम गठन भएको ५ सदस्यिय ‘स्वतन्त्र टोलि’ ले बिधानको धारा २३(५) बमोजिम बिस्तृत अध्ययन गरि तयार गरेको प्रतिबेदनमा जिल्लाहरुको चार वर्गीकरण गरिएको थियो !

२० जिल्लाहरुलाइ सदर अर्थात पुरानै निर्वाचनलाई मान्यता दियिएको थियो भने ७ जिल्लाहरुलाइ पुन निर्वाचन गर्न पर्ने तर सदस्यता नया बाडन नपर्ने, मकवानपुर सहित ६ जिल्लाहरुलाइ नया सदस्यता बितरण गर्दै पुन निर्वाचन गर्नपर्ने र ६ जिल्लाहरुला अप्रयाप्त सन्ख्यामा सदस्यहरु भएतापनी एक मौका दिने निर्णय दिएको थियो !

सोही निर्देसन अनुरुप ललितपुर जिल्ला क्रिकेट संघको नया कार्य समिति निर्माण भएको हो

स्वतन्त्र समितिले वर्गीकरण गरेका जिल्लाहरु

सदर जिल्लाहरुमा सर्लाही, बारा, धनुषा, सिराहा, रौतहट, सुनसरी, नवलपुर, कास्की, पाल्पा, परासी, कपिलवस्तु, बर्दिया, बाके, सुर्खेत, रुपन्देही, कंचनपुर, डडेलधुरा, बझाङ, अछाम, बैतडी रहेका थिए !

पुन निर्वाचन गर्नुपर्ने तर पुन सदस्यता बाडन नपर्ने जिल्लाहरुमा महोत्तरी, काठमाडौ, चितवन, मोरङ, कैलाली, सप्तरी, दाङ रहेका छन !

त्यस्तै पुन निर्वाचन सहित सदस्यता नया समेत बाडन पर्ने जिल्लाहरुमा पर्सा, मकवानपुर, उदयपुर, तनहु, भक्तपुर, ललितपुर रहेका छन !

अप्रयाप्त सदस्य भएका जिल्ला/सदस्यता खारेज भएता पनि एक मौका दिने निर्णय भएका जिल्लाहरुमा नुवाकोट, इलाम, झापा, स्याङ्जा, दार्चुला, डोटि रहेका छन !