Cricket Himalaya
Cricket News From Top of The World

रात्रीकालिन एरिना प्रीमियर लिग, इटहरी : फिर्दोस अन्सारी उत्कृष्ट, बिराटनगर बिजयी

असार १, क्रिकेट हिमालय

एरिना टेलिभिजनको आयोजनामा इटहरिमा जेस्ठ ३१ देखि असार ९ सम्म सन्चालन हुने ‘ रात्रीकालिन एरिना प्रीमियर लिग (APL)’ को पहिलो दिनको खेलमा बेलबारिलाइ २४ रनले पराजित गर्दै बिराटनगर बिजयी भएको छ !

टस हारेर सुरुमा ब्याटिङ गरेको बिराटनगरले १२ ओभरमा ७ विकेट गुमाउदै १०६ रन बनाएको थियो ! राजन मगरले १८ बलमा २८, दिपक पासवान १५ बलमा १७, पुस्प थापाले १४ बलमा १७ रन बनाएका थिए !

बेलबारिका लागि प्रबेस कामतिले ३, सचिन कटवालले २ विकेट लिएका थिए !

लक्ष पछ्याएको बेलबारी १२ ओभरमा ८ विकेट गुमाउदै ८२ रनमा समेटिएपछी २४ रनको हार बेहर्यो ! अन्कित सुबेदीले ११ बलमा ३३ रन बनाएका थिए !

बिराटनगरका लागि फिर्दोस अन्सारिले ३ ओभरमा १ मेडन सहित ७ रन दिएर ३ विकेट लिए भने श्रवण यादब र अमृत सिंहले समान १/१ विकेट लिएका थिए !

बिराटनगरका फिर्दोस अन्सारी प्लेयर अफ द म्याच घोसित भएका थिए !

प्रतियोगितामा कुल ७ टिमहरुको सहभागिता रहेको छ !

ग्रुप ए : त्रिभुवन आर्मी क्लब, इनरुवा नगरपालिका, होराइजन क्रिकेट क्लब बिराटनगर, बेलबारी क्रिकेट क्लब बेलबारी

ग्रुप बि : एपिएफ, नेपाल पुलिस क्लब, एरिना च्यालेन्जर इटहरी

टाइसिट