Cricket Himalaya
Cricket News From Top of The World

एसिसी यु-१९ इस्टर्न रिजन मलेसिया : मौका पाउलान त विशाल केसीले

जेष्ठ ३२, क्रिकेट हिमालय

एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा मलेसियामा जुलाई २ बाट सुरु हुने एसिसी यु-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको लागि अहिले नेपाली राष्ट्रिय यु-१९ क्रिकेट टिम तयारिमा जुटिरहेको छ । उक्त प्रतियोगितामा हालको यु-१९ क्रिकेट टिम र यु-१६ मा राम्रो प्रर्दशन गरेका केही खेलाडी लाई सहभागी रहने बताइएको हुदा यु-१६ का राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता उत्कृष्ट प्रदर्शन गरेका विशाल केसी लगायत अन्य केही खेलाडीले मौका पाउने सक्ने सम्भावना रहेको छ ।

  • विशाल केसीको केही क्रिकेट यात्रा

२०१७ मा थाईल्यान्डमा भएको एसिसी यु-१६ क्रिकेट प्रतियोगिताको लागि नेपालगन्जको क्षेत्रीय छनोट पार गर्दै काठमान्डौको मुलपानीमा भएको अन्तिम छनोट सहभागी हुँदै पहिलो पटक यु-१६ राष्ट्रिय क्रिकेट टिममा स्थान बनाएका थिए । युवा उदयमान क्रिकेटर विशाल केसीले त्यसयता सबैजसो खेलमा आफ्नो क्रिकेट लय लाई कायमै राखेका छन । बिशाल केसीको उपकप्तानको जिम्मेवार पाएको टिमले उक्त क्रिकेट प्रतियोगिता उपाधी जितेको थियो ।

उक्त प्रतियोगिता बिशाल केसीले सिङ्गापुर बिरुद्द ६३, मलेसिया बिरुद्द १५, म्यान्मार बिरुद्द ४२, हङकङ बिरुद्द ११, थाइल्यान्ड बिरुद्द ५ रन गरि कुल प्रतियोगिता अवधी भर ५ म्याचमा कुल १३६ रन बनाएका थिए । त्यसको २ बर्षपछि केही समय अघि अप्रील २८ बाट थाईल्यान्डमा भएको एसिसी यु-१६ इस्टर्न रिजन २०१९ क्रिकेट प्रतियोगिताको लागि विशालले नेपाली यु-१६ राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी प्राप्त गरे । प्रतियोगिता सुरु हुनु भन्दा केही समय अघि उक्त प्रतियोगिताको लागी छनोटको आधार मानिएको यु-१६ स्कुल क्रिकेट लिगमा विशाल केसिको प्रर्दशन उच्च रहन पुग्यो । प्रदेश ५ बाट कप्तानको जिम्मेवारी पाएका विशाल केसीले प्रदेश ३ बिरुद्द ८९ रन, प्रदेश ६ बिरुद्द १६ रन, सेमिफाइनल खेलमा प्रदेश ७ बिरुद्द २१ रन र फाइनल खेलमा प्रदेश ३ बिरुद्द ४४ रनको योगदान दिएका विशाल केसीले ब्याटिङमा मात्र उत्कृष्ट नभै बलिङ मा पनि राम्रो प्रदर्शन गरे । यु-१६ स्कुल क्रिकेट लिगमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी बाट यु-१६ राष्ट्रिय टिम छनोट गर्दा विशाल केसीले कप्तानको जिम्मेवारी ग्रहण गर्दै नेपाललाई उपाधी जिताउने लक्ष्यका साथ थाईल्यान्ड प्रस्थान गरे । प्रतियोगिता सर्वाकृष्ट खेलाडी घोषित भएका विशाल केसीले ९३ रन र ४ विकेट लिएका थिए । टिमको लागि ब्याक्तिगत प्रर्दशन मध्यम भएता पनि आफ्नो जिम्मेवारी पुर्ण रुपमा सम्हालेका केसीले आफ्नो कप्तानीमा उपाधी जिताई छाडे ।उपाधी जिते लगत्तै नेपाल फर्किएका विशाल केसीले एम एम यु-१६ प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा प्रदेश ५ बाट कप्तानको जिम्मेवारी निर्वाह गर्दै प्रतियोगिता खेल्न सुरु गरेका विशाल केसी प्रदेश ५ समूह चरण पनि पार नगर्दा मात्रै २ खेलेका केसीको प्रदर्शन उत्कृष्ट हुन सकेन । यु-१६ क्रिकेट लिगमा राम्रो प्रदर्शन गरिरहेका केसिलाई लगत्तै सुरु भएको प्रधानमन्त्री कपमा केही प्रदेशका टिममा टिम छनोटमा बिबाद आइरहदा आफ्नो प्रदेशको क्लोज क्याप, छनोट र प्रशिक्षण मा कुनै अबसर नै पाएनन ।

यसरी आफ्नो ब्याटिङ र बलिङ दुबैमा जोडदार प्रदर्शन गरिरहेका विशाल केसीलाई असारको दोस्रो साता पछि सुरु हुने एसिसी यु-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता मा ठुलो सम्भावना को रूपमा देख्न सकिन्छ । उनको ब्याटिङ र बलिङ अनि जिम्मेवारी पुर्ण तरिकाले खेल्ने उनको क्रिकेट कलाले धेरैलाई प्रभाव पारेको छ । यु-१६ क्रिकेट लिगमै राम्रो प्रर्दशन गरेका कुशल मल्ल, प्रतिस जिसी तथा रित गौतम लगायतका युवा खेलाडीले यु-१९ राष्ट्रिय क्रिकेट टिममा स्थान बनाइसकेका छन ।