Cricket Himalaya
Cricket News From Top of The World

दिवाकर थापालाइ अध्यक्ष चयन गर्दै स्याङ्गजा जिल्ला क्रिकेट संघको निर्वाचन सम्पन्न

जेष्ठ ३२, क्रिकेट हिमालय

स्याङ्गजा जिल्ला क्रिकेट संघको आज २०७६ साल जेठ ३२ गते बसेको विशेष साधारण सभामा स्याङ्गजा जिल्ला क्रिकेट संघको १५ सदस्सीय नयाँ कार्य समिति सर्वसम्मत गठन भएको छ

अध्यक्ष :- दिवाकर थापा/ उपाध्यक्ष :- ओम बहादुर गुरुङ / सचिव :- शोनेय तिवारी / कोषाध्यक्ष :- प्रवेश भुजेल

सदस्यहरु :-

१. जगत बहादुर टमटा (राष्ट्रिय प्रमुख प्रशिक्षक)/ २. दिपक पोख्रेल ३. अनिल राना ४.अर्जुन कुमार थापा ५. अनोज गोदार ६. दिनेश थापा ७. हिक्मत जंग कार्की ८. दान बहादुर राना ९. लाल बहादुर गुरुङ १०. लेखनाथ गैह्रे ११.नारायण प्रसाद तिवारी

स्याङ्जा जिल्लाको नयाँ कार्यसमितिले राष्ट्रिय प्रशिक्षक श्री जगत बहादुर टमटा ज्यूलाई केन्द्रीय प्रतिनिधि तथा प्रदेश प्रतिनिधिको रुपमा श्री दिवाकर थापा, श्री दिपक पोख्रेल (दिपानु), श्री अर्जुन कुमार थापा, श्री शोनेय तिवारी गरी ४ जना सदस्यलाई सर्वसम्मत मनोनयन गरिएको छ।

बिर बहादुर गुरुङ र अनिल रानालाई आन्तारिक कार्यसमितिको निर्णयबाट अन्तरिम अवधिका लागि जिल्ला टिमको नेतृत्व तथा व्यवस्थापनको लागि जिम्मा दिइएको छ।

विशेष सदरण सभाका प्रमुख अतिथि स्याङ्जा जिल्ला क्षेत्र नं. १ का प्रतिनिधि सभाका माननीय सांसद श्री नारायण प्रसाद मरासिनी ज्यू सम्मिलित कार्यक्रममा फेदीखोला गाउँपालिकाका अध्यक्ष श्री घनश्याम सुवेदी, पुतालिबाजार न.पा. वडा नं.१ का वडा अध्यक्ष्य श्री निर्मल शेरचनको उपस्थिति रहेको थियो र विशेष अतिथि मा आइ सी सी को स्वतन्त्र समितिका २ जना प्रतिनिधिको निरिक्षणममा जिल्ला कार्यसमिति सर्वसम्मत गठन गरिएको थियो ।