Cricket Himalaya
Cricket News From Top of The World

मैत्रीपुर्ण खेलमा मकवानपुर क्रिकेट क्लब बिरुद्ध कलैया ७ विकेटले बिजयी

जेष्ठ ३२, क्रिकेट हिमालय

केसिसी, कलैया र एम सि सि, मकवानपुर बिच कलैयामा सम्पन्न मैत्रीपुर्ण खेलमा केसिसी ७ विकेटले बिजयी भएको छ !

सुरुमा ब्याटिङ गरेको एमसिसिले २८.१ ओभरमा अल आउट हुँदै १५४ रन बनाएको थियो !

युबिन बुढाथोकीले ३५ बलमा ५० रन, साहिल कन्साकारले १६ बलमा २७ रन बनाएका थिए !

केसिसिका लागि कुमार थापाले ७ ओभरमा २ मेडन सहित २६ रन दिएर ४ विकेट लिएका थिए भने बरुन जैसवालले २ विकेट लिएका थिए !

लक्ष पछ्याएको केसिसिले २४ ओभरमा ३ विकेट गुमाउदै १५६ रन बनाएपछी ७ विकेटको जित हात पार्यो !

तृतराज दासले २९ बलमा ३०, सुदिप चौधरीले ५६ बलमा ४३, मेघराज महराले ३४ बलमा २९, अरनिको यादबले १५ बलमा ३२ रन बनाएका थिए !

एमसिसिका लागि राजन साह र निखिलले समान १/१ विकेट लिएका थिए !