Cricket Himalaya
Cricket News From Top of The World

चन्दाले मात्र रङ्गसाला नबन्न सक्छ, सरकारले समेत सहयोग गर्नेछ – पुस्प कमल दाहल

जेष्ठ ३२, चितवन

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भन्छन

चन्दाले मात्रै क्रिकेट रंगशाला बनाउन नसकिने हुन्छ त्यसैले सरकारले सहयोग गर्नुपर्छ

चितवन पुगेका अध्यक्ष दाहालले पत्रकारहरुसँग कुरा गर्दै अर्बौं लगानी हुने क्रिकेट रंगशाला जस्ता संरचना चन्दाले मात्रै बनाउन नसकिने भएकाले सघाउनका लागि सरकारले योजना बनाएको खुलासा गरे ।

‘चितवनमा बन्न लागेका जस्ता रंगशालालाई सरकाले प्रोत्साहन गर्ने नीति लिएको छ। आवश्यक पर्दा सरकारले सहयोग गर्छ, चितवनको रंगशाला राष्ट्रिय गौरवकै आयोजनाका रुपमा छ। यो चितवनको लागि मात्रै नभएर देशकै लागि पनि महत्त्वपूर्ण छ। सबै चितवनबासीले यसलाई बनाउन सघाउनुपर्छ।’

रंगशालामा अहिले भएको अवरोध सानोतिनो कुरा हो। ठुलो काम भएकाले यस्ता समस्या आउनु सामान्य हो। साना साना समस्या चिर्दै रंगशाला निर्माण अघि बढ्ने समेत उनले बताएका छन !