Cricket Himalaya
Cricket News From Top of The World

गल्ती स्विकार भै सक्यो, अब निर्माण कार्यमा जुटने हो – प्रकाश कडेल

जेठ २८, चितवन

निर्माणाधिन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर लगाउन नेतृत्व गरेको अभियोग लागेका प्रकाश कंडेलले रंगशालामा डोजर लाग्ने अवस्था सृजना हुनु दुःखद भएको बताएका छन् । आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी उनले गल्ती स्वीकार्दै आगामी दिनमा गल्ती नदोहोरिने गरी रंगशाला निर्माणको अभियानमा लाग्ने प्रतिबद्धता जनाए । घटनाले सबै पक्षलाई राम्रोसंग पाठ सिकाएको उनको भनाई छ ।

उनेल भने, ‘सबैको तर्फबाट गल्ती भएको छ, यसलाई धेरै ठूलो बहस बनाउनु जरुरी छैन्, सबैले आफ्नो गल्ती स्वीकार गरिसकेका कारण अब रंगशाला निर्माणमा सबै लाग्नुपर्छ ।’ उनले भत्काइएको बार स्थानियले नै उठाउने बताए ।

श्रोत : नारायणी अनलाइन