Cricket Himalaya
Cricket News From Top of The World

यु१९ बिश्वकप छनोट खेल छानबिन गर्न ‘नेपाल क्रिकेट प्रेमी समूह’ को राखेपलाई पत्र

जेष्ठ ३१, क्रिकेट हिमालय

नेपाल क्रिकेटप्रेमी समुहले यु१९ बिश्वकप छनोट म्याचको छानबिन गर्न अनुरोध गर्दै जेष्ठ २४ गते रास्ट्रीय खेलकुद परिषदलाई ज्ञापन पत्र दिएको छ !

मिति:- २०७६|२|२४
श्रीमान सदस्य सचिवज्यू
राष्ट्रिय खेलकुद परिषद
त्रिपुरेश्वर, काठमाडौं |

बिषय:- यु १९ क्रिकेट बिश्वकप छनौट म्याचको छानबिन बारे

महोदय,

उपरोक्त बिषयमा गत 13 April 2019 मा यु१९ बिश्वकप क्रिकेट छनौट अन्तर्गत मलासियामा भएको नेपाल बिरुद्ध युएइ बीचको म्याच बर्षाको कारण DL प्रणालीमा नेपाल युएइ संग १ रनले हार संगै बिस्वकप खेल्नबाट बन्चित भयो |

हामी क्रिकेटप्रेमी र क्रिकेट समर्थक त्यस हारबाट धेरै नै मर्माहत भएका छौ | म्याचको दौरान हारजित त भइनैहाल्छ तर, हामी क्रिकेटप्रेमी लाई त्यस म्याचमा चितनबुझेको कुरा हजुर माझ राख्दैछौ |

१. बर्षाको सम्भावना भएको क्रिकेट म्याचमा अम्पायरले दोश्रो इनिंङ्ग सुरु हुनु लगतै DL प्रणालीको लक्ष्य दुवै टिमलाई उपलब्ध गराउछ र त्यस लक्ष्यको आधारमा टिमले आफ्नो गेमप्लान बनाएर म्याच जित्ने कोशिस गर्दछ |

२. नेपाली टिमको प्रमुख प्रशिक्षक, योजनाकार, ब्यबस्थापक र कप्तान संग पनि पक्कै अम्पायरले उपलब्ध गराएको DL प्रणालीको लक्ष्य थियो होला तर, उक्त म्याच दौरान हाम्रो नेपाली टिमले त्यस दिएको Dl प्रणालीको लक्ष्यलाई कार्यन्वयन गराउनको कुनै कोशिस गरेको देखिएन |

३. युएइ जस्तो टिमले चौथो विकेटको लागी १०० रन भन्दा माथीको साझेदारी गर्दा त्यस साझेदारीलाई तोड्ने प्रयास भएन तथा नेपालको प्रमुख बलरलाई प्रयोग गरेर रन रेटलाई नियन्त्रण गर्ने कोशिस पनि गरिएको देखिएन |

१ रनको हार संगै नेपाली यु १९ टिम बिश्वकप जस्तो प्रतिष्ठित प्रतियोगिता बाट बाहिरिनु पर्दा हामी नेपाली क्रिकेट समर्थक लाई पर्न गएको पिडालाई मध्यनजर गर्दै त्यस प्रतियोगितामा भएको गतिविधिको समिक्षा तथा छानबिन गर्नको लागी हजुर समक्ष बिनम्र निवेदन गर्दछौ |

हामीले यो निबेदन कुनै व्यक्तिगत आक्षेप लगाउनको लागी प्रस्तुत गरेका होइनौ हामी यति मात्र जान्न चाहन्छौ कि कहिँ कतै आफ्नो स्वार्थको लागी केहि व्यक्तिले देशका युवा खेलाडी तथा नेपाली क्रिकेटको अस्तित्व संग खेलवाड त गर्दै छैन ?

मिडियामा आएको खवर अनुसार यु १९ टिमको अर्को छनौट पनि त्यहि ब्यबस्थापन र त्यहि खेलाडीहरुलाई समावेश गरि अर्को छनौट म्याचको लागी तयारी गरिदैछ | खवर अनुसार यो सबै छनौटको प्रक्रिया ICC ले नेपालमा केहि व्यक्ति विशेषलाई जिम्मा दिने गरेको छ |

नेपाल क्रिकेट संघ नभएको अवस्थामा नेपाली क्रिकेटमा जसले जेगरेपनि हुने खाल्को क्रियाकलाप बन्द हुनुपर्यो |

आशा छ राष्ट्रिय खेलकुद परिषद जस्तो गरिमामय संस्थाले यस बिषयलाई गम्भीरताको साथ मनन गरेर छानबिन गर्नेछ |

नेपाली क्रिकेटप्रेमी समूह
जय नेपाल, जय क्रिकेट

धन्यवाद