Cricket Himalaya
Cricket News From Top of The World

प्रबिन थापाको अध्यक्षतामा झापा जिल्ला क्रिकेट संघको १५ सदस्यीय नया कार्यसमिति चयन

जेष्ठ ३१, क्रिकेट हिमालय

झापा जिल्ला क्रिकेट संघको अध्यक्षमा प्रबिन थापा चयन भएका छन् । आज भएको विशेष साधरणसभाले थापाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।

सभाले उपाध्यक्षमा बिरु श्रेष्ठ, सचिवमा लाक्पा लामा, कोषाध्यक्षमा सचिन सुब्बा चयन भएका छन् साथै सदस्यहरुमा नाराद नेपाल, मनोज कटुवाल, कन्चन उप्रेदी, हितेन्द्र् मान श्रेष्ठ, चोलानाथ दाहाल, राजन भट्टराई, तुल्सी कार्की, सुजाता क्षेत्रि, प्रेमा गुरुङ, गिता पछाइ तथा जिबेरा ओलि चयन भएका हुन् । नेपाल क्रिकेट संघको बिधान २०५५ (सन्सोधन सहित) को धारा २२(३) बमोजिम गठन भएको ५ सदस्यिय ‘स्वतन्त्र टोलि’ ले बिधानको धारा २३(५) बमोजिम बिस्तृत अध्ययन गरि तयार गरेको प्रतिबेदनमा जिल्लाहरुको चार वर्गीकरण गरिएको थियो ।

२० जिल्लाहरुलाइ सदर अर्थात पुरानै निर्वाचनलाई मान्यता दियिएको थियो भने ७ जिल्लाहरुलाई पुन निर्वाचन गर्न पर्ने तर सदस्यता नया बाडन नपर्ने, झापा सहित ६ जिल्लाहरुलाइ अप्रयाप्त सन्ख्यामा सदस्यहरु भएतापनी एक मौका दिने निर्णय दिएको थियो । सोही निर्देसन अनुरुप झापा जिल्ला क्रिकेट संघको नया कार्य समिति निर्माण भएको हो ।

स्वतन्त्र समितिले वर्गीकरण गरेका जिल्लाहरु

सदर जिल्लाहरुमा सर्लाही, बारा, धनुषा, सिराहा, रौतहट, सुनसरी, नवलपुर, कास्की, पाल्पा, परासी, कपिलवस्तु, बर्दिया, बाके, सुर्खेत, रुपन्देही, कंचनपुर, डडेलधुरा, बझाङ, अछाम, बैतडी रहेका थिए । पुन निर्वाचन गर्नुपर्ने तर पुन सदस्यता बाडन नपर्ने जिल्लाहरुमा महोत्तरी, काठमाडौ, चितवन, मोरङ, कैलाली, सप्तरी, दाङ रहेका छन । त्यस्तै पुन निर्वाचन सहित सदस्यता नया समेत बाडन पर्ने जिल्लाहरुमा पर्सा, मकवानपुर, उदयपुर, तनहु, भक्तपुर, ललितपुर रहेका छन । अप्रयाप्त सदस्य भएका जिल्ला/सदस्यता खारेज भएता पनि एक मौका दिने निर्णय भएका जिल्लाहरुमा नुवाकोट, इलाम, झापा, स्याङ्जा, दार्चुला, डोटि रहेका छन ।