Cricket Himalaya
Cricket News From Top of The World

जुनियर जेसिज प्रीमियर लिगको उपाधी स्टार प्रा.लि लाई

क्रीकेट हिमालय ,जेठ ३१

धनगढी जुनियर जेसिजको आयोजनामा कैलाली बहुमुखी क्याम्पस मैदानमा सुरु भएको इन्टर ईन्स्टिच्युट क्रिकेट प्रतियोगिता ‘जुनियर जेसिज प्रीमियर लिग-२’को उपाधी स्टार प्राली ले उचालेको छ । हिजो सम्पन्न फाइनल खेलमा एस के एजुकेसन बिरुद्ध ५३ रनको फराकिलो जित दर्ता गर्दै उपाधी जितेको हो ।
टस जिति पहिला ब्याटिङ गरेको स्टार प्रालीले १६.५ओभरमा सबै विकेट गुमाउदै १३० रनमा खुम्चिएको थियो । स्टारका लागि रबिन मल्लले २९ र धनुष शाऊले १६ रन बनाउदा अन्य कुनै पनि खेलाडीले दोहोरो रन बनाउन सकेनन । एस.के एजुकेसनको लागि
गोविन्द बलायेर र गजेन्द्र देउबाले समान ३-३विकेट लिन सफल भए ।
१३१ रनको बिजय लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको एस के एजुकेसनले ११.१ ओवरमा सबै विकेट गुमाउदै ७७ रनमा समेटिएको थियो एस . के एजुकेसनका रकिन बिस्टले १९ रन बनाउदा अन्य कुनैपनि ब्याटस्म्यानले दोहोरो अंक बनाउन सकेनन। स्टार प्रालीको जीतमा आयुष कुंवरले ५ विकेट र नीरज बलायेर र दीपक जागृले समान २-२ विकेट लिन सफल भए ।
खेलको म्यान अफ द म्याच स्टारका आयुष कुंवर भएका थिए।
एस्तै प्रतियोगिताको बिधागत रूपमा उत्कृष्ट खेलाडीहरुमा
१) म्यान अफ दि सिरिज :आशिष् भन्डारी ( CG Computer Education )

२)बेस्ट बलर :-लोकेश हमाल ( Edupal Nepal )

३)बेस्ट ब्याट्म्यान :-प्रबीन जोशी ( STAR pvt. Ltd.)

४)फेयर प्ले अवार्ड :- Planet VT Institute

५)Best Dressed Team :- Edupal Nepal