Cricket Himalaya
Cricket News From Top of The World

‘प्रदेश न १ स्तरीय पुरुष क्रिकेट प्रतियोगिता’ असार १ देखि हुँदै

जेष्ठ ३०, क्रिकेट हिमालय

सामजिक बिकास मन्त्रालयको आयोजना एवम प्रदेश न १ छेत्रीय खेलकुद बिकास समितिको सम्योजन र इनरुवा नगरपालिकाको सहयोगमा असार १-५ देखि ‘प्रदेश न १ स्तरिय पुरुष क्रिकेट प्रतियोगिता’ हुने भएको छ ।

प्रतियोगितामा सुनसरी, मोरङ, झापा, उदयपुर, धनकुटा र इलाम गरि कुल ६ टिमहरुको सहभागीता रहनेछ ।

प्रतियोगिताको बिजेताले मेडल र ट्रफीसहित नगद एक लाख र दोस्रो हुने टिमले ५० हजार प्राप्त गर्ने जानकारी दिइएको छ ।