Cricket Himalaya
Cricket News From Top of The World

पहिलो यु-१६ एण्ड एसईई कप क्रिकेट प्रतियोगिता अर्घाखाँचीमा भोलिदेखी

जेष्ठ ३०, क्रिकेट हिमालय | नारायण पाण्डे

जिल्ला क्रिकेट संघ, अर्घाखाँचीको आयोजनामा अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा पहिलो पालिका स्तरीय यु-१६ एण्ड एसईई कप क्रिकेट प्रतियोगिता भोलि देखि हुने भएको छ । भोलि र पर्सि गरि दुई दिन हुने प्रतियोगिताबाट जिल्लाको यु-१६ टिम छनोट गरिनेछ ।

त्यस्तै भोलि देखि हुने प्रतियोगितामा अर्घाखाँची जिल्लाका जम्मा ६ पालिका मध्ये ३ नगरपालिका र २ गाउँपालिका गरि ५ पालिका सहभागी हुनेछन् । भुमिकास्थान, सन्धिखर्क र शितगंगा नगरपालिका तथा छत्रदेव र मालारानी गाउँपालिका सहभागी हुने प्रतियोगिता नक-आउट प्रणालीमा हुनेछ । प्रतियोगिताका सबै खेल सन्धिखर्क नगरपालिका वडा न. १ मा रहेको टुडिखेल मैदानमा हुनेछन । प्रतियोगिताको लागि सबै टिम तयार भइसकेका छन् भने आयोजकले प्रतियोगिताको सबै तयारी पूरा गरेको छ । त्यस्तै प्रतियोगिताको लागि नेक्सस क्रिकेट एकेडेमी, ब्रम्हास्मी कलेज, गो स्पोर्ट्स हाउस लगायतको सहयोग रहेको छ ।

नगद रकम १५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रथम पुरस्कार रहेको प्रतियोगितामा उत्कृष्ट खेलाडी विधातर्फ प्रत्येक खेलको प्लेयर अफ दि म्याच सहित प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट ब्याटसन्यास र उदयमान खेलाडीलाई विभिन्न पुरस्कार राखिएको छ ।