Cricket Himalaya
Cricket News From Top of The World

अन्तर वडा स्तरीय क्रिकेट, नेपालगन्ज : पाचौ दिन वडा नं. ८ र २२ विजयी

जेष्ठ २९, सुनिल रेग्मी

नेपालगन्जमा जारी अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिता अन्तर्गत पाचौ दिन वडा नं. ८र २२ विजयी भएका छन् ।

पहिलो खेल

नेपालगन्जको मंगलप्रसाद उच्च माविको खेल मैदान बुधबार भएको प्रतियोगिताको पहिलो खेलमा वडा नं. ८ ले वडा नम्बर १० लाई १४ रनले पराजित गर्दै बिजयी भएको हो ।

खेलमा टस जितेर पहिला व्याटिङ गरेको वडा नं. ८ ले निर्धारित १५ ओभरमा ८ बिकेट गुमाउँदै १ सय ७५ रन बनाएको थियो । उसका लागि अफाक शेखले ७६ र कुवर सिंहले ५३ रनको पारी खेलेका थिए ।

१० का बलर सत्यन्द्र सिंहले ३ , सागर सिंह र कुसुम गुरुङले २ /२ बिकेट लिए ।

जवाफि व्याटिङगमा आएको वडा नं. १० ले १४ ओभर २ बलमा सबै बिकेट गुमाएर १ सय ६१ रन मात्र बनाउन सक्यो । उसका बिजय चौधरीले २३ बल ३ चौक्का र ८ छ्क्काको मद्दतले ६५ रन को पारी खेले पनि जित दिलाउन सकेनन् । १० का शेर ओलि ले ४६ रन बनाए ।

८ का बलर र अफाक शेखले ४ नौसाद अन्सारीले ३, मनिष जैसवालले बिकेट लिए ।

खेलमा अफाख शेख म्यानअफ द म्याच घोषित भए ।

दोश्रो खेल

त्यस्तै दोस्रो खेलमा वडा न २२ बिजयी भयो । उसले वडा नम्बर १८ लाई ३३ रनले पराजित गर्यो । खेलमा पहिला व्याटिङ गरेको २२ ले निर्धारित १३ ओभरमा ७ बिकेट गुमाउदै १ सय २८ रन वनायो । उसका लागि रबिस बर्माले ५८,सुन्नी गोडिया ले २१ रनको पारी खेले ।

१८ का बलर अमन श्रेष्ठले ३ तथा निसान्त बुढाले २ बिकेट लिए ।

जबाफी व्याटिङमा आएको वडा नं १८ ले १३ ओभरमा ९५ रन मात्र बनाउन सक्यो । उसका लागि कुल दिप बर्माले २७, मनिश कुमार शर्माले १९ रन बनाउनु बाहेक अन्य ले राम्रो प्रदशन गर्न सकेनन् ।

२२ का बलर बिनोद साहुले ४ बिकेट लिए ।

खेलमा रबिस बर्मा म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगितामा बिहीवारको पहिलो खेलमा २ र ४ तथा दोस्रोमा १३ र १५ वडा बिच खेल हुने प्रतियोगिताका संयोजक तरुण बज्राचार्यले जानकारी दिए ।

प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार नगद प्राप्त गर्ने छ ।

एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसले मुख्य प्रायोजन, कैलपाल कलेजको सह प्रायोजन रहेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय, वडा नं. ७, १०, ११ र १२ को आर्थिक सहयोगमा द ग्रुप अफ सिक्टिनले सो प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतियोगितामा खेलाडी तथा दर्शकले एक हातले बल क्याच गरेमा नगद १ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।

अहिले सम्म १४ जनाले सो नगद पाएका छ्न ।

त्यसै गरि खेल हेर्न आउने दर्शक मध्य प्रत्येक दिन १ जना लाई गोला प्रथाबाट फ्यान अफ द डे घोषणा गरि आकर्षक पुरस्कर दिइने छ । सो पुरस्कार पनि एक्सपर्टले नै प्रदान गरेको छ ।

सोमबार सो पुरस्कार नेपालगन्ज १३ का सन्तोष पथिकले प्राप्त गरे ।