Cricket Himalaya
Cricket News From Top of The World

‘इमर्जिङ कप वोमेन्स क्रिकेट प्रतियोगिता’ को बिजेता बाके महिला क्रिकेट टिम

जेष्ठ २९, क्रिकेट हिमालय |

नेपाल स्टार क्रिकेट क्लबको आयोजना एवम बाके जिल्ला क्रिकेट संघको सहयोगमा कोहलपुर क्रिकेट मैदानमा सन्चालित ‘इमर्जिङ कप वोमेन्स क्रिकेट प्रतियोगिता’ को उपाधी बाके महिला क्रिकेट टिमले जितेको छ !

पहिलो खेल : बाके र नेपाल स्टार, कोहलपुर महिला टिम

बाकेले नेपाल स्टारलाइ पराजित गरेको थियो !

दोश्रो खेल : बाके र दाङ महिला क्रिकेट टिम

टस जितेर सुरुमा ब्याटिङ गरेको बाकेले २० ओभरमा ६ विकेट गुमाउदै १०३ रन बनाएको थियो, सरिता मगर ३०, ममता थापा १८, तृस्ना सिंह १५ रन बनाएकी थियिन !

दाङका लागि अनिता चौधरीले २ विकेट लिएकी थियिन !

लक्ष पछ्याएको दाङ २० ओभरमा अल आउट हुँदै ८३ रनमा सिमित भएपछी २० रनले पराजित रह्यो ! लक्ष्मी चौधरिले ४० रन बनाएकी थियिन !

बाकेका लागि ममता थापाले ४ विकेट, नेरि थापाले ३ विकेट लिएकी थियिन !

१८ रन सहित ४ विकेट लिने ममता थापा वोमेन अफ द म्याच भएकी थियिन !

तेश्रो खेल : नेपाल स्टार वोमेन र दाङ वोमेन

बर्षाले खेल रद्ध भएको थियो ! पहिलो खेलमा बाके बिरुद्ध नेपाल स्टार समेत पराजित भएको थियो !

बेस्ट फिल्डर नेपाल स्टारकी यसोदा बिस्ट, बेस्ट ब्याट्सवुमन दाङकी लक्ष्मी चौधरी, इमर्जिङ प्लेयर नेपाल स्टार्सकी शिला छेत्री, वोमेन अफ द सिरिज बाकेकि नेरि थापामगर भएकी थियिन !

प्रतियोगितामा बाके (नेपालगन्ज), नेपाल स्टार (कोहलपुर) र दाङ महिला क्रिकेट टिमको सहभागीता रहेको थियो !