Cricket Himalaya
Cricket News From Top of The World

ब्रमास्मी एसईई कप क्रिकेट प्रतियोगिताको उपाधी बिजेता ‘कैलाली डल्फीन’

२९ जेष्ठ, काठमाडौं

नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा सम्पन्न “ब्रमास्मी एसईई कप क्रिकेट प्रतियोगिता” आज बुधबार सम्पन्न भएको छ ।

कैलाली डल्फीनले काठमाण्डौ रोयल्स लाई ७४ रनले पराजित गर्दै प्रतियोगिताको उपाधी कब्जा गरेको हो ।

काठमाण्डौ रोयल्स र कैलाली डल्फीन बीच बुधबार सम्पन्न फाईनल खेलमा टस जितेर ब्याटिङ रोजेको कैलालीले निर्धारित ३० ओभरमा २७.३ आभर खेल्दै सम्पुर्ण विकेट गुमाएर १६२ रन बनाएको थियो । कैलालीका सुदिप बस्नेत ले २३ बलमा ३६ रन, साहिल पटेलले ४० बलमा २९ रन, डबल ऐरले ३६ बलमा २७ रन र सरद सुबेदीले १७ बलमा १६ रन बनाएका थिए ।

बलिङ तर्फ काठमाण्डौका बलर सुमित बुढाथोकीले ४ ओभर मा २८ रन खर्चेर ३ विकेट लिएका थिए त्यस्तै अन्य बलर हरु अनुप नेपाल र रोशन शाहले समान २÷२ विकेट लिएका थिए भने निकेश गुप्ता र साहियद मन्सुरीले १÷१ विकट लिन सफल भएका थिए ।

जवाफी ब्याटिङ मा उत्रेको काठमाण्डौ १८.३ ओभरमा सम्पुर्ण विकेट गुमाउदै ८८ रनमा समेटिए पछि प्रतियोगितको उप बिजेता मै सिमित हुन पुग्यो । ब्याट्स म्यान हरु साहियद मन्सुरीले २६, निकेश गुप्ता १४, अनुप नेपाल १३ र सुनोज के सीले १२ मात्र बनाउदा अन्य ब्याट्स म्यान हरुले दोहोरो अंक पनि जोड्न नसके पछि टिम सस्तैमा समेटिएको थियो ।

बलिङ तर्फ कैलालीका डबल ऐरले ५ ओभर बलिङ गर्दै १५ रन दिएर एक ह्याट्रीक सहित ६ बिकेट लिएका थिए । रमेश बुढा र सुदिप बस्नेतले समान १÷१ विकेट लिएका थिए ।

खेलका म्यान अफ द म्याच डबल ऐर भएका थिए ।

प्रतियोगितामा म्यान अफ द सिरिज साहियद मन्सुरी, बेष्ट बलर निकेश गुप्ता र बेष्ट ब्याट्स म्यान सुदिप बस्नेत घोषित भएका थिए । एक समाराहका बीच प्रतियोगिताका बिजेता, उप बिजेता र उत्कृष्ठ खेलाडी हरुलाई मेडल, ट्रफी र प्रमाण पत्र बितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी ब्रह्मास्मी कलेजका अध्यक्ष क्षितिज उपाध्याय

प्रतियोगिताका म्यान अफ द सिरिज, बेष्ट बलर र बेष्ट ब्याट्स म्यान लाई ११ र १२ कक्षा अध्ययनका लागि निशुल्क छात्रबृती को घोषणा गर्नु हुदै एम्पाएर टिमले छनौट गरेका अन्य ३ उत्कृष्ठ खेलाडीहरु लाई पनि निशुल्क छात्रबृती प्रदान गर्ने बताउनु भयो । उहाले ट्यालेन्ट हन्ट छनौट भै ७ दिने बन्द प्रशिक्षणमा सहभागी सबै १२० खेलाडीहरुलाई ५० प्रतिशत छात्रबृती दिने र प्रतियोगितामा सहभागी ६४ जना खेलाडीहरुलाई खेल क्षेमता र एसईईको रिजल्टको आधारमा छात्रबृतीको प्रतिशत बढाउने समेत जानकारी गराउनु भयो ।

कार्यक्रमका सभापति एबं नेक्सस क्रिकेट एकेडेमीका अध्यक्ष भरत कुमार शाही

उत्कृष्ठ ६ खेलाडीलाई नेक्सस क्रिकेट एकेडेमीको शाखाको रुपमा संचालित भारतको नोयडा स्थीत ब्याट्रीक क्रिकेट एकेडेमीमा १ बर्ष निशुल्क प्रशिक्षणको घोषण गर्नु भएको थियो । निकट भबिस्ययमा श्रीलंकामा सम्पन्न हुने सिरीजका लागि प्रतियोगितामा सहभागी खेलाडी मध्यबाट १४ जना तत्काल छनौट गरिने समेत शाहीले बताउनु भयो ।

देशभरका १२ स्थानमा ट्यालेन्ट हन्ट गरी १२० जना खेलाडीहरु छनौट गर्दै छनौट भएका खेलडीहरुका लागि काठमाण्डौमा ७ दिने बन्द प्रशिक्षण गरिएको थियो । उक्त बन्द प्रशिक्षण बाट ६४ जना खेलाडी छनौट गरि ४ टिममा अक्सन बाट बिभाजन गर्दै राउण्डरोबिन लिग बेसिसमा उक्त प्रतियोगिता सम्पन्न गरिएको हो ।

प्रतियोगितामा कैलाली डल्फीन, काठमाण्डौ रोयल्स, बिराटनगर लाईन्स र दङगाली त्रिशुल सहभागी भएका थिए ।

एसईई कप २०७७ मा भने थप ४ सामरिक महत्वका शहरहरुको नामका टिम थप गरिने जानकारी गराउदै अक्सनमा छनौट हुने खेलाडीको पारिश्रमिक निर्धारण गरिने नेक्सस क्रिकेट एकेडेमीका प्रबन्ध निर्देशक बिजय शर्माले बताउनु भयो ।