Cricket Himalaya
Cricket News From Top of The World

अन्तर बिद्ध्यालय ‘धनगढी कप’ : पहिलो खेल रद्ध, दोश्रो खेलमा पन्चोदय बिजयी

जेष्ठ २९, क्रिकेट हिमालय

लिटल फ्लावर बोर्डिङ हाइ स्कुल, धनगढीको आयोजनामा फाप्ला क्रिकेट मैदानमा जेष्ठ २८-असार ३ सम्म सन्चालन हुने ‘अन्तर-बिद्ध्यालय टि२० नक आउट क्रिकेट प्रतियोगिता’ को पहिलो दिनको पहिलो खेल बर्षाले रद्ध हुदा दोश्रो खेलमा पन्चोदय बिजयी भएको छ !

पहिलो खेल : एभिएन र मयुर इङ्लिस बोर्डिङ स्कुल

– बर्षाले रद्ध हुदा दुबै टिमले बराबर अन्क प्राप्त गरेका छन !

दोश्रो खेल : पन्चोदय सेकेन्डरी स्कुल र क्रीसेन्ट सिटि स्कुल

पन्चोदयले टस जितेर सुरुमा ब्याटिङ गर्ने निर्णय गरेको थियो, निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १६५ रन बनाउन सफल भएको थियो ! सुरेश महताले ४६ बलमा ५८, प्रकाश साहले ४४ बलमा ५१ रन बनाएका थिए !

क्रीसेन्टका लागि विशाल ऎरिले २, बिनोद बलायरले १ विकेट लिएका थिए !

लक्ष पछ्याएको क्रीसेन्ट २० ओभरमा ७ विकेट गुमाउदै १०४ रनमा सिमित भएपछी ६१ रनले पराजित रह्यो ! तुसार बलायरले ३८ बलमा ४१ रन, बिबेक भट्टले ४१ बलमा २३ रन बनाएका थिए !

पन्चोदयका लागि प्रकाश साहले ३ विकेट लिएका थिए !

पन्चोदयका प्रकाश साह प्लेयर अफ द म्याच घोसित भएका थिए !

टि२० नक आउट फर्म्याटमा हुने उपरोक्त प्रतियोगितामा कुल १६ बिद्ध्यालयहरुको सहभागीता रहनेछ !

प्रतियोगिताको बिजेताले रु २५ हजार, उपबिजेताले रु १२५०० सङ्गै ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन ! प्लेयर अफ द टुर्नामेन्टले रु २ हजार, बेस्ट ब्याट्सम्यान, बलर र राइजिङ प्लेयरले जनही रु १००० सङ्गै ट्रफी, प्रमाणपत्र प्राप्त गर्नेछन !

माध्यमिक तह वा कक्षा १० सम्म अध्ययनरत बिद्ध्यार्थिहरुले सहभागिता जनाउने उक्त प्रतियोगिता ‘निस्ट कलेज लिटल फ्लावर प्रीमियर लिग-४’ को तयारी प्रतियोगिताको रुपमा रहेको आयोजकले जनाएको छ !

टाइसिट