Cricket Himalaya
Cricket News From Top of The World

रुपन्देहीको अमवामा प्रथम खुल्ला सियारी टि-ट्वान्टी नकआउट क्रीकेट प्रतियोगिता सुरु हुने

क्रीकेट हिमालय, रुपन्देही, जेठ २९

अमवा क्रीकेट क्लब अमवा रुपन्देहीद्वारा रुपन्देहीको सियारि गाउँ पालिका वडा नम्बर ७ अमवामा प्रथम खुल्ला सियारी टि-ट्वान्टी नकआउट क्रीकेट प्रतियोगिता आयोजना हुने भएको छ ।
युवा एकता र खेलकुद बिकास साथ साथै युवा खेलाडीमा रहेको प्रतिभालाइ वृद्धि गर्ने मुख्य उदेश्यका साथ प्रतियोगिता आयोजक गर्न लागेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन इच्छुक टिम र खेलाडीहरुलाइ सहभागीताको लागि सबैलाइ आह्वान गरिएको छ । असार २ गतेदेखि सुरु हुने प्रतियोगिताको लागि टिम दर्ता समय जेठ ३२ गतेसम्म रहेको छ भने टिम दर्ता शुल्क रु २५०० लाग्नेछ ।

टेनिस बलमा खेलाइने प्रतियोगिता २0/२0 ओभरमा हुनेछ सबै खेलहरु जनता माबी अमुवाको खेल मैदान मा हुनेछ । एक दिनमा २ खेल हुने प्रतियोगिता पहिलो र दोस्रो खेलको रिपोर्टिङ समय क्रमश ७ र १ बजे हुनेछ।

प्रतियोगिता पुरस्कार राशि तर्फ बिजेताले नगद २५ हजार ट्रफी ,मेडर र प्रमाणपत्र साथै उपबिजेताले टिमले नगद १५ हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । साथौ प्रतियोगिताको उत्कृष्ट बिधातर्फ म्यान अफ दि म्याच , म्यान अफ दि सिरिज , बेस्ट ब्याट्म्यान , बेस्ट बलर लाई समेत आकर्षक पुरस्कारको बबस्था रहेको छ। आयोजकको तर्फबाट खेल ब्याबस्थापन तथा सम्योजकमा बिकास भन्डारी , निरज क्षेत्री, महेन्द्र कोइरी र माधब गुप्ता रहेका छन