Cricket Himalaya
Cricket News From Top of The World

स्कुल स्तरिय धनगढी कप : पहिलो दिन स्टेपिङ स्टोन र थ्री स्टार स्कुल बिजयी

जेष्ठ २८, क्रिकेट हिमालय

लिटल फ्लावर बोर्डिङ हाइ स्कुल, धनगढीको आयोजनामा फाप्ला क्रिकेट मैदानमा जेष्ठ २८-असार ३ सम्म सन्चालन हुने ‘अन्तर-बिद्ध्यालय टि२० नक आउट क्रिकेट प्रतियोगिता’ को पहिलो दिनको खेलहरुमा स्टेपिङ स्टोन स्कुल र थ्री स्टार स्कुल बिजयी भएका छन !

पहिलो खेल : स्टेपिङ स्टोन स्कुल र वेस्टर्न क्रीस्टल

टस जितेर ब्याटिङ गरेको स्टेपिङले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १५४ रन बनाएको थियो ! ठूलो लक्ष पछ्याएको वेस्टर्न मात्र ७.३ ओभरमा अल आउट हुँदै ३२ रनमा समेटिएपछी १२२ रनले पराजित रह्यो !

स्टेपिङ स्टोनका विशाल बिस्ट प्लेयर अफ द म्याच घोसित भएका थिए !

दोश्रो खेल : धनगढी सेकेन्डरी स्कुल र थ्री स्टार स्कुल

टस जितेर सुरुमा ब्याटिङ गरेको धनगढीले ८.४ ओभरमा अल आउट हुँदै ५० रनमा समेटिएको थियो ! थ्री स्टारले ९.५ ओभरमा ४ विकेट गुमाउदै ५० रन बनाएपछी ६ विकेटको जित हात पार्यो !

३ ओभरमा १२ रन दिएर ५ विकेट लिने नवीन जैसी प्लेयर अफ द म्याच भएका थिए !

टि२० नक आउट फर्म्याटमा हुने उपरोक्त प्रतियोगितामा कुल १६ बिद्ध्यालयहरुको सहभागीता रहनेछ !

प्रतियोगिताको बिजेताले रु २५ हजार, उपबिजेताले रु १२५०० सङ्गै ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन ! प्लेयर अफ द टुर्नामेन्टले रु २ हजार, बेस्ट ब्याट्सम्यान, बलर र राइजिङ प्लेयरले जनही रु १००० सङ्गै ट्रफी, प्रमाणपत्र प्राप्त गर्नेछन !

माध्यमिक तह वा कक्षा १० सम्म अध्ययनरत बिद्ध्यार्थिहरुले सहभागिता जनाउने उक्त प्रतियोगिता ‘निस्ट कलेज लिटल फ्लावर प्रीमियर लिग-४’ को तयारी प्रतियोगिताको रुपमा रहेको आयोजकले जनाएको छ !

टाइसिट