Cricket Himalaya
Cricket News From Top of The World

वडा स्तरिय क्रिकेट, नेपालगन्ज : वडा नं. ११ र १२ विजयी

जेष्ठ २८, सुनिल रेग्मी

नेपालगन्जमा जारी अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगितामा वडा नं. ११ र १२ विजयी भएका छन् ।

पहिलो खेल

नेपालगन्जको मंगलप्रसाद उच्च माविमा भएको प्रतियोगिताको पहिलो खेलमा वडा नं. ११ ले वाड ७ लाई ४ बिकेटले पराजित गर्दै बिजयी भएको हो ।

खेलमा टस जितेर पहिला व्याटिङ गरेको वडा नं. ७ ले निर्धारित १५ ओभरमा ७ बिकेट गुमाउँदै १ सय ३३ रन बनाएको थियो । उसका लागि सकिल शाहले ४०,हल्मान हल्लवाइ २०रनको पारी खेलेका थिए ।

११ का बलर सफिक हल्बाइ र प्रबेज अन्सारीले समान २ /२ बिकेट लिए ।

जवाफि व्याटिङगमा आएको वडा नं. ११ ले १४ ओभरमा ६ बिकेट गुमाएर १ सय ३४ रन बनायो । उसका लागि जेकि नफाब सल्मानि ३९, राहुल कनौजियाले २४,असलाम भाट ले २३ रन को पारी खेले ।

७ का बलर राज वरिस ,सल्मान हल्बाइ,मक्बुल राइले समान १/ १ बिकेट लिए ।

खेलमा जेकि नवाफ सल्मानी म्यानअफ द म्याच घोषित भए ।

दोश्रो खेल

त्यस्तै दोस्रो खेलमा वडा न १२ बिजयी भयो । उसले वडा नम्बर १४ लाई १०३ रनले पराजित गर्यो ।

खेलमा पहिला व्याटिङ गरेको १२ ले निर्धारित १५ ओभरमा ९ बिकेट गुमाउदै १ सय ७९ रन वनायो । उसका लागि निलेश खड्का ४८ ,सन्दिप ओलिले २३,बिपुल शर्मा ले २२ रनको पारी खेले ।

१४ का बिरेन्द्र चौधरीले ३, नरेद्र भाट्ले २ बिकेट लिए ।

जबाफी व्याटिङमा आएको वडा नं १४ ले११ ओभर ३ बलमा अल ७६ रनमा आउट भयो । उसका लागि अजुन शर्मा ले १८ राहुल शर्मा ले १४, बिरेन्द्र चौधरीले १० रन बनाए ।

१२ का बलर बिरेद्र चौधरीले ३,नरेन्द्र भाट २ सैजाद बगबान ले १ बिकेट लिए ।

खेलमा निलेस खड्काले म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगितामा मंगलबार पहिलो खेलमा ७ र ११ तथा दोस्रोमा १२ र १४ वडा बिच खेल हुने प्रतियोगिताका संयोजक तरुन बज्राचार्यले जानकारी दिए ।

प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार नगद प्राप्त गर्ने छ ।

एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसले मुख्य प्रायोजन, कैलपाल कलेजको सह प्रायोजन रहेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय, वडा नं. ७, १०, ११ र १२ को आर्थिक सहयोगमा द गु्रप अफ सिक्टिनले सो प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतियोगितामा खेलाडी तथा दर्शकले एक हातले बल क्याच गरेमा नगद १ हजार पुरस्कारको व्यवस्था गरिएको छ । अहिले सम्म १४ जनाले सो नगद पाएका छ्न ।

त्यसै गरि खेल हेर्न आउने दर्शक मध्य प्रत्येक दिन१ जना लाई गोला प्रथाबाट फ्यान अफ द डे घोषणा गरि आकर्षक पुरस्कर दिइने छ । सो पुरस्कार पनि एक्सपर्टले नै प्रदान गरेको छ । सोमबार सो पुरस्कार नेपालगन्जका अंकित जैसवालले प्राप्त गरे ।