Cricket Himalaya
Cricket News From Top of The World

ब्रमास्मी एसईई क्रिकेट : कैलाली डल्फीन र काठमाण्डौ रोयल्स फाईनल प्रबेश

२८ जेष्ठ, काठमाडौं

नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा संचालन भैरहेको “ब्रमास्मी एसईई कप क्रिकेट प्रतियोगिता” को लिग चरणका खेल सम्पन्न भएका छन ।

कैलाली डल्फीनले बिराटनगर लाई ५ विकेट र काठमाण्डौ रोयल्स ले दङगाली त्रिशुल लाई ४ विकेटले पराजित गर्दै फाईनल प्रबेश गरेका छन ।

पहिलो खेल

मंगलबार सम्पन्न पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको बिराटनगरले निर्धारित २५ ओभरमा ६ विकेट गुमाउदै १८८ रन बनाएको थियो । बिराटनगरका ब्याट्स म्यान अमित कुमार महतोले उत्कृष्ठ पारी खेल्दै ५० बलमा २ छक्का र ८ चौका प्रहार गरि ८३ रन बनाएका थिए भने सचिन न्यौपानेले २५ बलमा ३ चौका प्रहार गदै ३७ रन, ईसान शेखले ३५ बलमा ४ चौका को मद्दले २५ रन बनाएका थिए ।

बलिङ तर्फ कैलालीका अभिशेक कुवँरले ५ ओभर मा ३७ रन खर्चेर ३ विकेट लिएका थिए त्यस्तै अन्य बलर हरु हरिश के सी, सुशिल क्षेत्री र हिमांशु भट्टले समान १÷१ विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा उत्रेको कैलाली डल्फीनले २३.३ ओभरमा ५ विकेट गुमाउदै १८९ रन बनाए पछि ५ विकेटले बिजयी हुदै फाईनल प्रबेश गरेको हो । आपनिङ ब्याट्सम्यानहरुले १३८ रनको साझेदारी गरे पछि ठूलो लक्ष्य परिर्बतन गर्न सहज भएको थियो । ओपनर सुदिप बस्नेतले ५७ बल मा १ छक्का १० चौका प्रहार गर्दै ९१ रन बनाएका थिए अर्का ओपनर प्रियान्शु श्रेष्ठले ४६ बलमा ७ चौका को मद्दतले ४८ रन बनाएका थिए त्यसै गरि अभिशेक कुवँरले २३ रन बनाएका थिए

बलिङ तर्फ बिराटनगरका राम सुरत यादबले र उमंग बस्नेले समान २÷२ विकेट लिएका थिए भने अर्जुन ढकालले १ विकेट लिएका थिए ।

खेलका म्यान अफ द म्याच सुदिप बस्नेत भएका थिए ।

दोस्रो खेल

मंगलबारै सम्पन्न दास्रो खेलमा टस जितेर ब्याटिङ रोजेको दङगाली त्रिशुलले २१.३ ओभरमा १० बिकेट गुमाउदै १०४ रन बनाउन सफल भएको थियो । दङगाली त्रिशुलका निकेश गुप्ताले २७, कुशल नेपाली ले १९ र सम्भव श्रेष्ठले १८ रन बनाएका थिए ।

बलिङ तर्फ काठमाण्डौका बलर अनुप नेपाल, निकेश गुप्ता र रोशन शाह ले समान २÷२ बिकेट लिएका थिए । बलर हरु किशोर आचार्य, सुमित बुढाथोकी र साहियद मन्सुरीले समान १÷१ विकेट लिएका थिए ।

१०५ रनको लक्ष्य लिएर ब्याटिङमा उत्रेको काठमाण्डौले २४.२ ओभरमा ६ विकेट गुमाउदै १०५ रन बनाउनाए पछि ४ बिकेटले बिजयी हुदै फाईनल पुगेको थियो । ब्याट्सम्यानहरु उत्तम थापा मगर १ छक्का ३ चौका ३१ रन नट आउट, साहियद मन्सुरी २१, र प्रबीन भुजेलले १४ रन बनाएका थिए ।

बलिङ तर्फ दङगाली त्रिशुलका सार्थक न्यौपानेले ५ ओभरमा १७ रन दिएर ३ विकेट लिए भने भुपेन्द्र चन्द र सृजन गुरुङले समान १÷१ विकेट लिन सफल भएका थिए ।

खेलका म्यान अफ द म्याच उत्तम थापा मगर भएका थिए

कैलाली डल्फीन र काठमाण्डौ रोयल्स बीच बिहान ८ बजे देखी हुनेछ ।