Cricket Himalaya
Cricket News From Top of The World

साग अन्तर्गत नेपालले ८ रास्ट्र सहभागी हुने यु२३ क्रिकेट आयोजना गर्दै

जेष्ठ २८, क्रिकेट हिमालय

काठमाडौ र पोखरामा आगामी मङ्सिर १५-२५ सम्म आयोजना हुने साउथ एसियन गेम्स (साग) अन्तर्गत साउथ एसियाका सम्पुर्ण टिमहरु रहनेगरी क्रिकेट प्रतियोगिता हुदैछ !

सागमा कुल २७ खेलहरु समाबेस रहेका छन, नेपालले आयोजकको अधिकार प्रयोग गर्दै क्रिकेट र प्याराग्लाइडिङलाई सागमा समाबेस गरेको हो !

सागमा महिला र पुरुष दुबै बिधाको क्रिकेट प्रतियोगिता हुनेछ ! महिला क्रिकेट अन्तर्गत सहभागी रास्ट्रले सिनियर टिम उतार्नेछन भने पुरुष क्रिकेट भने यु२३ हुनेछ, अधिकान्स ३ जना सिनियर रास्ट्रीय खेलाडी देसहरुले समाबेस गर्न सक्नेछ्न !

पुरुष र महिला दुबै क्रिकेट टि२० फर्म्याटमा हुनेछ्न, महिला तर्फका खेलहरुले भने टि२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नेछ !

सागको पुरुष यु२३ क्रिकेट अन्तर्गत भारत, पाकिस्तान, बङ्लादेस, श्रीलन्का, अफ्घानिस्तान, नेपाल, माल्दिभ्स र भुटानको सहभागीता रहनेछ !