जेष्ठ २८, क्रिकेट हिमालय
धनगढी जुनियर जेसिजको आयोजनामा कैलाली बहुमुखी क्याम्पस मैदानमा जारी इन्टर ईन्स्टिच्युट क्रिकेट प्रतियोगिता ‘जुनियर जेसिज प्रीमियर लिग’ को फाइनल खेलमा एस के एजुकेसन र स्टार ब्रीज कोर्स भिडने भएका छन !
एडुपल र एस.केको खेलमा एडुपल टस जितेर पहिला ब्याटिङ रोजेको थियो।
एडुपलले १२ ओवरमा अल आउट हुँदै ५१ रन बनाएको थियो ! हिमाल सिंह ऐरीले १३ रन बनाएका थिए !
एस.केका बलर गोविन्द बलायेर र गजेन्द्र देउबाले समान ३/३ विकेट लिन सफल भएका थिय।
५२रन को लक्ष्य पछ्याउने क्रममा १०.३ ओवरमा एस.केका खेलाडी अनिल बी.कले ११ रन र शुभम धम्पलीले १२ रन जोडेका थिए !
एडुपलका तर्फ बाट लोकेश हमाल र कबीन्द्र शाहले आफ्नो टीमको लागि २/२ विकेट लिन सफल भएता पनी आफ्नो टीमलाई जीत तर्फ डोर्याउन सकेनन !
एस.के एजुकेशन ले ५ विकेट ले जित हासिल गरेको थियो।
यस खेलका म्यान अफ द म्याच एस.केका गोविन्द बलायेर भएका थिए।