Cricket Himalaya
Cricket News From Top of The World

जुनियर जेसिज प्रीमियर लिग, कैलाली : स्टार र एस के एजुकेसन फाइनलमा प्रवेश

जेठ २८, क्रीकेट हिमालय

धनगढी जुनियर जेसिजको आयोजनामा कैलाली बहुमुखी क्याम्पस मैदानमा सुरु भएको इन्टर ईन्स्टिच्युट क्रिकेट प्रतियोगिता ‘जुनियर जेसिज प्रीमियर लिग’ को फाइनल खेलमा स्टार र एस के एजुकेसन भिड्ने भएका छन ।

पहिलो सेमिफाइनल : स्टार VS एस के एजुकेसन

स्टार र एस के एजुकेसन बिच भएको पहिलो सेमिफाइनल खेलमा स्टार ३ रनले बिजयी भएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको स्टारले १२ ओवरमा सबै विकेट गुमाउदै ७५ रनमा समेटिएको थियो । जसमा स्टारका पर्बिन जोशीले १४ रन बनाउदा र अन्य कुनै पनि खेलाडीले दोहोरो रनको अंक छुन सकेनन । एस.के एजुकेसनका लागि मदन जोशी र गजेन्द्र देउबाले समान ३-३विकेट लिन सफल भए । ७६ रनको बिजय लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको एस के एजुकेसन १३.५ओभरमा सबै विकेट गुमाउदै ७२ रनमा समेटिदा स्टार ३ रनको रोचक जित निकाल्दै फाइनल प्रवेश गरेको छ ।स्टारका लागी नीरज बलायेरले ३ विकेट र आयुष कुंवरले १ विकेट थिए।
खेलको म्यान अफ द म्याच स्टारका नीरज बलायेर भएका थिए।

इलिमिनिएटर – दोस्रो सेमिफाइनल
एस के एजुकेसन vs एडुपल ११

एडुपल-११ Vs एस.के एजुकेसन बिच भएको दोस्रो सेमिफाइनल खेलमा एस के एजुकेसन ५ विकेटले बिजयी भएको छ । टस जिति पहिला ब्याटिङ गरेको एडुपल ११ ले १२ ओभरमा सबै विकेट गुमाउदै ५१ रनमा खुम्चिएको थियो । एडुपलका लागि हिमाल सिंह ऐरीले१३ रन बनाउदा अन्य कुनै पनि खेलाडीले दोहोरो रनको अंक छुन सकेनन । एस.के का ब
गोविन्द बलायेर र गजेन्द्र देउबाले समान ३-३विकेट लिन सफल भए । ५२ रनको सामान्य लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको एस के ले १०.३ओवरमा ५ विकेट गुमाउदै लक्ष्य पूरा गर्यो ।एस.के का खेलाडी अनिल बी.कले ११ तथा शुभम धम्पलीले १२रन को योगदान दिए एडुपल -११ का तर्फ बाट लोकेश हमाल र कबीन्द्र शाहले समान २-२ विकेट लिन सफल भय पनी आफ्नो टीम लाई जीत तर्फ धकेलन सकेनन।
खेलको म्यान अफ द म्याच एस.के का गोविन्द बलायेर भएका थिए।

यो सङै भोलि हुने फाइनल खेलमा एस के एजुकेसन र स्टार भिड्ने भएका छन । आयोजकले भोलि हुने फाइनल खेलमा सम्पूर्ण क्रीकेट प्रेमी हरुलाइ फाइनल खेल मा उपस्थितीको लागि निमन्त्रणा गरेको छ ।