२७ जेष्ठ, काठमाडौं
नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा जेष्ठ २६ गते बाट शुरु भएको “ब्रमास्मी एसईई कप क्रिकेट प्रतियोगिता” को दोस्रो दिनको पहिलो खेल काठमाण्डौ रोयल्स लाई १ रन ले पराजित गर्दै कैलाली डल्फीनले आफ्नो बिजयी लाई जारी राखेको छ भने दोस्रो खेल बिराटनगर लाई ६ विकेटले पराजित गर्दै दङगाली त्रिशुल ले पहिलो जित दर्ता गरेको छ ।
पहिलो खेल
टस जितेर ब्याटिङ रोजेको कैलाली डल्फीनले ४ विकेट गुमाउदै निर्धारित २५ ओभरमा १९० रन बनाएको थियो । कैलालीका ब्याट्स म्यान साहिल पटेलले ५४ खेल्दै ७ चौकाको मद्दतले ७१ रन बनाउदै नट आउट रहेका थिए भने अस्फाक खानले ४२ बलमा ३ चौका प्रहार गदै ३२ रन बनाएका थिए ।
बलिङ तर्फ काठमाण्डौका निकेश गुप्ता र अनुप नेपालले समान २÷२ विकेट लिएका थिए ।
जवाफी ब्याटिङ मा उत्रेको काठमाण्डौ रोयल्सका शाहयद मन्सुरी ले बिष्पोटक ब्याटिङ गर्दै ३६ बलमा ४ छक्का ५ चौका को मद्दतले ६९ रन बनाए पनि निर्धारित २५ ओभर समाप्तीमा टिमको रन १८९ मा सिमित भए पछि १ रन ले पराजय ब्यहोर्न पुग्यो । अन्य ब्याट्स म्यान उत्तम थापाले ३९, सुनोज के सी ले २४ र अनुप नेपालले १८ रनको योगदान गरेका थिए ।
बलिङ तर्फ कैलालीका रमेश बुढाले ३, सरद सुबेदीले २ र सुनिल भण्डारीले १ विकेट लिएका थिए ।
खेलको म्यान अफ द म्याच साहिल पटेल भएका थिए ।
दोस्रो खेल दङगाली त्रिशलु बिजयी
जेष्ठ २७ गते सम्पन्न दास्रो खेलमा टस जितेर ब्याटिङ रोजेको बिराटनगरले २४.१ ओभरमा १० बिकेट गुमाउदै १०३ रन बनाउन सफल भएको थियो ।
बिराटनगरका रोहोन भट्टराई र उमंग बस्नेतले समान १८÷१८ रन र शंकर पौडेलले १३ रन बनाउदा टिमले अतिरिक्त ३३ रन प्राप्त गरेको थियो ।
बलिङ तर्फ दङगाली त्रिशुलका बलर भुपेन्द्र चन्द र सार्थक न्योपानेले समान ३÷३ बिकेट लिएका थिए भने सृजन गुरुङ र अदित राउतले समान २÷२ बिकेट लिएका थिए ।
१०४ रन को लक्ष्य लिएर ब्याटिङमा उत्रेको दङगाली त्रिशुल २४ ओभरमा ६ विकेट गुमाउदै १०४ रन बनाउन सफल भए पछि ४ बिकेटले बिजयी भएको थियो ।
ब्याट्स म्यान सृजन गुरुङ ४५ बल खेल्दै १ छक्का ४ चौका प्रहार गरि ३९ रन नट अनउट रहे भने सम्भव श्रेष्ठ २५, सक्रिय कार्की १५ र सवाज खानले ११ रन बनाएका थिए ।
बलिङ तर्फ बिराटनगरका रोहन भट्टराई र उमंग बस्नेतले समान २÷२ विकेट लिन सफल भएका थिए
जेष्ठ २८ गतेको खेल तालिका
जेष्ठ २७ गते पहिलो खेल — बिराटनगर लाईन्स र कैलाली डल्फीन
जेष्ठ २७ गते दास्रो खेल — काठमाण्डौ रोयल्स र दङगाली त्रिशुल