Cricket Himalaya
Cricket News From Top of The World

यु१९ उपमेयर महिला क्रिकेट, बैतडी : दसरथचन्द-२, देहिमान्डौ उपाधी बिजेता

विनोद सिंह विष्ट –बैतडी,२७ जेठ

बैतडीको दशरथचन्द नगरपालिकामा जारी दोस्रो संस्करणको उन्नाईस बर्षमुनीको उप मेयर कप महिला टि ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत साविक विजेता दशरथचन्द नगरपालिका ६ थालिगडालाई ४ विकेटले स्तब्ध पार्दै दशरथचन्द नगरपालिका २ देहिमाडौंले उपाधि हात पारेको छ ।

उपाधिसंगै देहिमाण्डौंले ३०हजार पुरस्कार पायो भने उपविजेता थालिगडाले २५ हजारमा चित्त बुझायो ।

निंगलाशैनी खेल मैदान देहिमाडौंमा टस हारेर ब्याटिंगको निम्ता पाएको थालिगडाले निर्धारित ओभरमा ५ विकेटको क्षतीमा १८३ रन बनायो । जसमा कप्तान सुनिता लुहारले ७७ तथा दिव्या कार्कीले ५६ रन बनाए ।

देहिमाडौंका बविता बोहराले ३ विकेट हात पारे ।
१८४ रनको लक्ष्य देहिमाडौंले १८.३ ओभरका ६ विकेटको क्षतीमा पुरा गर्यो । देहिमाडौंका लागी मिना रावतले नटआउट ७८ रनको योगदान गरे ।

थालिगडाका सुनिता लुहार र सपना ठगुन्नाले दुई दुई विकेट हात पारे ।

प्लेयर अफ दि फाईनल देहिमाडौंका मिना रावत घोषित भएकि थियिन !

यसैबिच प्रतियोगिताभर १३५ रन र व्यक्तिगत ६ विकेट हात पारेका थालिगडाका कप्तान सुनिता लुहार ओम्यान अफ द सिरिज भए । उनले ५ हजार पुरस्कार पाए ।

यस्तै प्रतियोगिताभर १२३ रन बनाएका थालिगडाका दिव्या कार्की बेस्ट ब्याट्सओम्यान हुदा देहिमाडौंका लागी ९ विकेट हात पारेका बविता बोहरा बेस्ट बलर भए ।

प्रतियोगिताका विजेता उपविजेता टोलीलाई दशरथचन्द नगरपालिकाका उपप्रमुख मिना चन्द, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, दशरथचन्द वडा नं २ का अध्यक्ष रन बहादुर बोहरा र नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले पुरस्कार वितरण गरे ।

दशरथचन्द नगरपालिकाको आयोजना र बैतडी जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग तथा नगर क्रिकेट समितिको व्यस्थापनमा प्रतियोगिता सञ्चालन भएको हो