Cricket Himalaya
Cricket News From Top of The World

‘सप्तरी प्रिमियर लिग-२’ असार २ देखि

२७ अषाढ, राजबिराज

सबल नेपालको मुख्य आयोजना, राजबिराज नगरपालिकाको सहयोग एवम सप्तरी क्रिकेट संघ संगको सहकार्यमा आगामि अषाढ २ गतेबाट राजबिराज स्थित प.बि.मा.बि.को खेल मैदानमा ‘सप्तरी प्रीमियर लिग’ सन्चालन हुने भएको छ !

लिगको आधारमा खेलाईने उक्त प्रतियोगितामा ५ टिमको सहभागीता हुनेछ भने जेष्ठ ३१ गते खेलाडिको अक्सन हुने जानकारी आयोजकले दिएको छ !

सप्तरी जिल्ला क्रिकेट संघका सदस्य रोशन मण्डललाई प्रतियोगिता डाईरेक्टर चयन गरिएको छ भने आयोजनाको लागि डम्वरनारायण दास(शम्भु), राहुल सिंह, रवी राय र संजय सिंह कार्कि रहेको उपसमिति निर्माण गरिएको छ !

महिला सप्तरी प्रीमियर लिग समेत हुँदै

सुरुंगा नगरपालिका र खडक नगरपालिकाले प्रायोजन एवम सप्तरी जिल्ला क्रिकेट संघको आयोजनामा असार ९ देखी पहिलो ‘महिला सप्तरी प्रिमियर लिग’ को आयोजना समेत हुने भएको छ !

महिला सप्तरी प्रीमियर लिगको अक्सन अषाढ ५ गते हुनेछ ।

प्रतियोगितामा यस पटक पुरुष तर्फको बिजेताले २ लाख नगद सहित ट्रफि प्राप्त गर्नेछ भने उपबिजेताले १ लाख पाउनेछ ।

त्यसै गरि महिला तर्फ बिजेताले ५१ हजार तथा उपबिजेताले ३१ हजार प्राप्त गर्नेछ ।

गत बर्षबाट संचालन गरिएको मेयर कप सप्तरी प्रिमयर लिगको पहिला उपाधि बजाज खडक वारियर्सले १ लाख ५० हजार सहित चुमेको थियो !