Cricket Himalaya
Cricket News From Top of The World

इमर्जिङ कप वोमेन्स क्रिकेट, कोहलपुर : नेरि थापाको उत्कृष्ट प्रदसन, बाके बिजयी

जेष्ठ २७, क्रिकेट हिमालय

नेपाल स्टार क्रिकेट क्लबको आयोजना एवम बाके जिल्ला क्रिकेट संघको सहयोगमा कोहलपुर क्रिकेट मैदानमा सन्चालित ‘इमर्जिङ कप वोमेन्स क्रिकेट टुर्नामेन्ट’ को पहिलो खेलमा बाके जिल्ला महिला क्रिकेट टिम बिजयी भएको छ !

टस जितेर सुरुमा ब्याटिङ गरेको बाकेले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १०० रन बनाएको थियो ! नेरि थापाले २४ बलमा २५ रन, ममता थापाले १४ बलमा २० रन, सोनम पुनले २० बलमा १३ रन बनाएका थिए !

नेपाल स्टारका लागि मनिसा राना, कविता कुवर, दिक्षा पुरिले समान १/१ विकेट लिएका थिए !

लक्ष पछ्याएको नेपाल स्टार २० ओभरमा ७ विकेट गुमाउदै ९१ रनमा समेटिएपछी ९ रनले पराजित रह्यो ! कविता कुवरले १७ बलमा २१, लक्ष्मी साउदले २६ बलमा १५, शिला छेत्रीले २५ बलमा १२ रन बनाएका थिए !

बाकेका लागि नेरि थापाले उच्च ३ विकेट लिएकी थियिन !

खेलको वोमेन अफ द म्याच नेरि थापा घोसित भएकी थियिन !

प्रतियोगितामा नेपाल स्टार, बाके र दाङ्ग गरि कुल तीन टिमको सहभागीता रहेको छ !

बिजेता र उप बिजेताले मेडल र सर्टिफिकेट, बेस्ट ब्याट्सवुमन, बलरले ट्रफ्री प्राप्त गर्नेछन भने मस्ट भ्यालुएबल प्लेयर र इमर्जिङ प्लेयरले जुत्ता प्राप्त गर्नेछन !