Cricket Himalaya
Cricket News From Top of The World

फाप्ला मैदानमा आयोजना हुने बिद्ध्यालय स्तरिय ‘धनगढी कप’ को तयारी पूरा

जेष्ठ २८, क्रिकेट हिमालय

लिटल फ्लावर बोर्डिङ हाइ स्कुल, धनगढीको आयोजनामा फाप्ला क्रिकेट मैदानमा जेष्ठ २८-असार ३ सम्म सन्चालन हुने ‘अन्तर-बिद्ध्यालय टि२० नक आउट क्रिकेट प्रतियोगिता’ को सम्पुर्ण तयारी पूरा भएको जनाएको छ !

टि२० नक आउट फर्म्याटमा हुने उपरोक्त प्रतियोगितामा कुल १६ बिद्ध्यालयहरुको सहभागीता रहनेछ !

प्रतियोगिताको बिजेताले रु २५ हजार, उपबिजेताले रु १२५०० सङ्गै ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन ! प्लेयर अफ द टुर्नामेन्टले रु २ हजार, बेस्ट ब्याट्सम्यान, बलर र राइजिङ प्लेयरले जनही रु १००० सङ्गै ट्रफी, प्रमाणपत्र प्राप्त गर्नेछन !

माध्यमिक तह वा कक्षा १० सम्म अध्ययनरत बिद्ध्यार्थिहरुले सहभागिता जनाउने उक्त प्रतियोगिता ‘निस्ट कलेज लिटल फ्लावर प्रीमियर लिग-४’ को तयारी प्रतियोगिताको रुपमा रहेको आयोजकले जनाएको छ !

टाइसिट

तल्लो तहबाटै क्रिकेट खेलप्रती सकारात्मक धारणाको बिकास गरि यो खेलको ब्यबसायिक बिकासमा सहयोगी भुमिका खेल्ने प्रतियोगिताको मुल उद्धेस्य रहेको आयोजकले जनाएको छ !