Cricket Himalaya
Cricket News From Top of The World

यु-१९ एसिया कप : इस्टन रिजनबाट एक टिम मात्र छनोट हुने

जेष्ठ २८, क्रिकेट हिमालय | नारायण पाण्डेय

एसिसी यु-१९ इस्टन रिजनको आगामी जुलाई २ देखि ९ सम्म मलेसियामा हुने भएको छ । प्रतियोगितामा नेपाल सहित मलेसिया, हङकङ, सिंगापुर, थाइल्यान्ड, भुटान, चाइना र म्यानमार गरि ८ टिम सहभागी हुनेछन् । सहभागी ८ टिमलाई २ समुहमा विभाजन गरिएको प्रतियोगितामा चाइना, म्यानमार, नेपाल र सिंगापुर समुह ए मा छन् भने मलेसिया, भुटान, थाइल्यान्ड र हङकङ समूह बि मा छन् ।

प्रतियोगितामा नेपालले २ जुलाईमा म्यानमार, ३ जुलाईमा सिंगापुर र ६ जुलाईमा चाइना सँग खेल्नेछ । प्रतियोगितामा ८ जुलाईमा सेमिफाइनल र ९ जुलाइमा फाइनल खेल हुनेछ । यस् अगाडि प्रतियोगिताका विजेता र उपविजेता टिम जुलाई/अगस्टमा श्रीलंकामा हुने यु-१९ एसिया कप र २०२० मा युएईमा हुने यु-१९ एसिया कप क्रिकेट प्रतियोगिताको लागि छनोट हुने भनिएको थियो तर अन्ततः दुबै यु-१९ एसिया कपमा इस्टन रिजन प्रतियोगिताको विजेता टिम मात्र छनोट हुने भएको छ । यस सगै सन् २०१९ र २०२० दुबै पटकको यु-१९ एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बाङ्लादेश, अफगानिस्तान, युएई, कुवेत र इस्टन रिजनको बिजेता सहभागी हुने भएका छन् । युएई र कुवेत वेस्टन रिजन बाट छनोट भएका हुन ।