Cricket Himalaya
Cricket News From Top of The World

घोषणा अनुसार पुरस्कार बितरण नगरेको पाइए कारबाही हुनेछ – राखेप

जेष्ठ २६, क्रिकेट हिमालय

जेष्ठ १०-२५ सम्म किर्तिपुर स्थित टियु मैदानमा सन्चालित प्रधानमन्त्री कप एकदिवसीय रास्ट्रीय क्रिकेट प्रतियोगिता नेपाल पुलिस क्लबले फाइनलमा त्रिभुवन आर्मी क्लबलाइ पराजित गर्दै उपाधी जिते सङ्गै प्रतियोगिता त सम्पन्न भएको छ तर सुरुदेखी बिबादित प्रतियोगिता अन्त्यपनि बिबादास्पद नै रहन पुगेको थियो !
राखेपले प्रतियोगिताको पुरस्कार राशि सार्बजनिक गर्ने क्रममा प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल र उत्कृष्ट ब्याट्सम्यान तथा उत्कृष्ट बलरले ५०-५० हजार रुपैयाँ पाउने बताइएको थियो।

तर प्रतियोगिताको पुरस्कार बितरणको क्रममा प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित भएका ललित नारायण राजवंशीलाई ५० हजार रुपैयाँको चेक थमाइयो भने उत्कृष्ट ब्याट्सम्यान र बलर घोषित भएका राजु रिजाल र ललित नारायण राजवंशीलाई ३०-३० हजार मात्र दिइयो।

चौतर्फी बिरोध भएपछी रास्ट्रीय खेलकुद परिषदले मोटरसाइकल घोषणा सङ्गै ब्यक्तिगत बिधाका पुरस्कारको जिम्मेवारी नेपालय इन्टरन्यासनलको रहेको र घोषणा अनुसार पुरस्कार बितरण नगरेको पाइए दिन लगाउने र कारबाही समेत गरिने जनाएको छ !