Cricket Himalaya
Cricket News From Top of The World

यु१९ उपमेयर महिला क्रिकेट, बैतडी : बबिता बोहरा उत्कृष्ट, देहिमान्डौ बिजयी

विनोद सिंह विष्ट/बैतडी, २६ जेठ

बैतडीको दशरथचन्द नगरपालिकामा जारी उन्नाईस बर्षमुनीको दोस्रो उप–मेयर कप महिला टि –ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत देहिमान्डौ बिजयी भएको छ !

आइतवार सम्पन्न खेलमा दशरथचन्द नगरपालिका ११ नार्गाजुनलाई ९ विकेटले पाखा लगाउदै देहिमाण्डौं उपाधि नजिक पुगेको हो ।

निंगलाशैनी खेल मैदान देहिमाण्डौंमा टस हारेर ब्याटिंगको निम्ता पाएको नार्गाजुन १०.५ ओभरमा ३९ रनमा समेटियो । जसमा जानकी भण्डारी र करिश्मा भण्डारीले समान १०÷१० रन बनाए ।

देहिमाण्डौंका बविता बोहराले ४ तथा मुना बोहराले ३ विकेट हात पारे ।

४० रनको झिनो लक्ष्य देहिमाण्डौंले ५.४ ओभरमा १ विकेटको क्षतीमा पुरा गर्यो । जसमा मानवी बोहरा, आरती बोहरा र बविता बोहराले क्रमशः १४, ८ र ७ रनको योगदान गरे ।

नार्गाजुनका लागी निर्माला भण्डारीले १ विकेट हात पारे ।

खेलका ओम्यान अफ द म्याच देहिमाण्डौंका बविता बोहरा भएकि थियिन !

दोस्रो खेल : दशरथचन्द नगरपालिका वडा नं ४ खलंगा र वडा नं ६ थालिगडाबिच हुदैछ

दशरथचन्द नगरपालिकाको आयोजना र बैतडी जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग तथा नगर क्रिकेट समितिको व्यस्थापनमा प्रतियोगिता सञ्चालन भएको हो ।

प्रतियोगिताको प्रथम पुरस्कार ३० हजार,द्वितीय पुरस्कार २५ हजार नगद, ट्रफी र प्रमाणपत्र रहेको छ । यस्तै म्यान अफ द सिरीजलाई ५ हजार नगद, ट्रफी र प्रमाणपत्र पुरस्कार दिईने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले बताए ।