Cricket Himalaya
Cricket News From Top of The World

अन्तर वार्ड स्तरिय क्रिकेट, नेपालगन्ज : पहिलो दिन वार्ड न ७, १०, ११, १२ बिजयी

जेष्ठ २५, क्रिकेट हिमालय

द ग्रुप अफ युथ सिक्स्टिनको आयोजना, नेपालगन्ज उपमहानगर वार्ड न ७, १०, ११ र १२ को सहयोग एवम एक्स्पर्ट एजुकेसन एन्ड भिसा सर्भिसेसको प्रायोजनमा नेपालगन्ज स्थित मङ्गल प्रसाद उच्च माविको खेल मैदानमा जारी ‘अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिता, नेपालगन्ज‘ अन्तर्गत पहिलो दिन वडा नं. ३, ८, १४ र १५ विजयी भएका छन् ।

पहिलो खेल : वार्ड न ३ र ५

नेपालगन्जको मंगलप्रसाद उच्च माविमा भएको प्रतियोगितामा वडा नं. ३ ले वडा नं. ५ लाई ६ विकेटले पराजित गरेको हो ।

खेलमा टस जितेर पहिला व्याटिङ गरेको वडा नं. ५ ले निर्धारित १५ ओभरमा ५ विकेट गुमाएर १ सय १९ रन बनाएको थियो । जवाफि व्याटिङगमा आएको वडा नं. ३ ले ४ विकेटको नोक्सानीमा विजयी लक्ष्य भेटायो ।

खेलमा अक्रम सिद्दिकी म्यानअफ द म्याच घोषित भए ।

दोश्रो खेल : वडा नं. ६ र ८

वडा नं. ६ लाई ५ विकेटले पराजित गर्दै ८ नं. विजयी भएको भएको खेलमा टस जितेर व्याटिङग गरेको वडा नं. ६ ले १ सय २४ रन बनाएको थियो । जवाफि व्याटिङगमा आएको वडा नं. ८ ले १३ ओभर ३ बलमा ५ विकेट गुमाएर विजयी लक्ष्य भेटाएको थियो ।

खेलमा म्यानअफ द म्याच अनुपम सिंह घोषित भए ।

तेश्रो खेल : वडा नं. १४ र १७

वडा नं. १७ लाई ४ विकेटले पराजित ग¥यो । पहिला व्याटिङ गरेको वडा नं. १७ ले १४ ओभर २ बलमा ८३ रन बनाएको थियो ।

जवाफी व्याटिङगमा आएको वडा नं. १४ ले १३ ओभरमा ६ विकेट गुमाएर विजयी लक्ष्य भेटायो ।

खेलमा म्यानआफद म्याच युवराज शर्मा घोषित भए ।

चौथो खेल : वडा नं. १५ र १६

वडा नं. १६ लाई ३ विकेटले पराजित गरेको हो । वडा नं. १६ ले प्रस्तुत गरेको १ सय २९ रनको लक्ष्य वडा नं. १५ ले १५ ओभरमा ७ विकेट गुमाएर लक्ष्य भेटाएको हो ।

प्रतियोगिताको विजेताले १ लाख रुपैया नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार नगद प्राप्त गर्ने छ !
प्रतियोगितामा खेलाडी तथा दर्शकले एक हातले बल क्याच गरेमा नगद १ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।