Cricket Himalaya
Cricket News From Top of The World

प्रधानमन्त्री कप एकदिवसीय रास्ट्रीय क्रिकेट : सकारात्मक र सुधार्न पर्ने पाटो

जेष्ठ २६, क्रिकेट हिमालय/शिशिर भट्टराई

नेपाली क्रिकेटको आधिकारिक संस्थाको रुपमा रहेको नेपाल क्रिकेट संघ (क्यान) बिबिध अनियमितताको कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)को निलम्बनमा परेको तीन बर्ष नाघिसकेको छ।

त्यसयता नेपाली क्रिकेट आइसिसी आफैंले हेरिरहेको छ भने घरेलु प्रतियोगिताको संयोजनको जिम्मेवारी राष्ट्रिय खेलकुद परिषद्को हातमा छ र सोही बमोजिम
दुई बर्षअघि सुरु भएको प्रधानमन्त्री कप नामक प्रतियोगिताको तेस्रो संस्करण हिजो भर्खरै सकिएको छ।

बिजेता नेपाल पुलिस कपलगायत सहभागी सम्पूर्ण टोली र खेलाडीहरुमा हार्दिक बधाई।
तर प्रतियोगिताको तेस्रो संस्करण र राखेप सदस्यसचिवकै शब्दमा स्वर्णकालको सम्भवतः अन्तिम संस्करण बिवादले मुक्त हुन सकेन, अझ भनौं प्रतियोगिता सुरु हुनुअघि सुरु भएको बिवाद प्रतियोगिता सम्पन्नहुदासम्म बढि नै रह्यो।

एक शब्दमा भन्दा यो प्रतियोगिता “प्रधानमन्त्री कप” भन्दा पनि “लथालिङ्ग कप” जस्तै देखियो।

प्रतियोगिताको अनेकौ सकारात्मक पाटो त छदै छ तर ती फिक्का रहे ब्यबस्थापकिय र प्रसासनिक कमजोरिले

सकारात्मक

– राखेपले एकदिवसीय प्रतियोगिताको निरन्तरता दियो

– सबै रास्ट्रीय खेलाडी समाबेस (बाध्यात्मक अवस्थामा रहेका बाहेक)

– नया खेलाडीहरुको प्रदसन

– प्रत्यक्ष प्रसारणमा सुधार

सुधार्न पर्ने पक्ष

सिमित सकारात्मक कुराहरु अत्याधिक कमजोरिले छायामा परेको छ

१. प्रादेशिक प्रतियोगिता बिना प्रादेशिक टोली छनोट

देशको सबैभन्दा ठूलो घरेलु प्रतियोगिताको रुपमा रहेको प्रधानमन्त्री कपमा पहिलोपटक सात प्रदेशको प्रादेशिक टोली सहभागी भएका थिए। तर संघिय संरचनामा भएको पहिलो प्रतियोगिता अन्तर्गत कुनै पनि प्रदेशमा प्रादेशिक प्रतियोगिता भएनन !

२. बिवादपुर्ण छनौट

प्रादेशिक प्रतियोगिताबिना एक हप्ताभन्दा कम समयमा प्रादेशिक केन्द्रमा भएको छनौट विवादमुक्त हुने आशा सायदै कसैले राखेको थिए। एक त बजेटको कमी त्यसमाथि हतारमा भएको छनौट। तर यस वर्षको प्रादेशिक छनौट अझै बिवादास्पद नै रह्यो र लगभग सबै प्रदेश विवादित नै रह्यो।

प्रदेश १ मा खेलाडीहरु टिम छनौट पारदर्शी नभएको भन्दै पत्रकार सम्मेलनसम्म आइपुगे भने प्रदेश २ मा छनौट एकलौटी भएको भन्दै अधिकांश जिल्लाले असन्तुष्टि व्यक्त गरे। उता प्रदेश ३ मा काठमाडौं उपत्यकाबाहिरका खेलाडीहरुलाई बेवास्ता गरिएको भन्दै मकवानपुर, चितवन र नुवाकोटलगायतका जिल्लाद्वारा सामाजिक संजालमा असन्तुष्टि व्यक्त भए भने प्रतियोगिता सुरु भएको केही दिनपछि घोषणा भएको प्रदेश ५ को छनौटमा रुपन्देही र बाँकेले कोटा बाड्दा आफुहरुलाई बेवास्ता गरेको भन्दै दाङ र बर्दियालगायतका जिल्लाले असन्तुष्टि व्यक्त गरे। अर्कोतर्फ प्रदेशबाहिरको खेलाडीलाई छनौट गर्दै कर्णाली प्रदेशका बेवास्ता गरेको भन्दै बिरोधको आवाज गुन्जिदा कैलालीको एकेडेमीबाट मात्र खेलाडी छनौट हुँदा छनौट समिति नै दुई भागमा बाडिदा सुदुर पश्चिम बिवादास्पद रह्यो।

३. अपूरो मैदानमा खेल

नेपाली क्रिकेटलाई पछ्याउने कुनै पनि समर्थकका लागि मुलपानी कुनै नयाँ नाम र शब्द होइन। दशकभन्दा लामो समयदेखि निर्माणकै क्रममा रहेको मुलपानीको मैदानमा खेल खेलाउने प्रयास यस प्रतियोगितामा भयो। मुलपानीमा खेल खेलाउन कै लागि प्रतियोगिता पटकपटक सारिदा पनि पिच अन्तिम समयसम्म तयार नहुँदा पहिला मुलपानीको खेल दुई दिन पछि सुरु भयो भने सुरु भएको खेल पुनः पिच तयार नभएको भन्दै म्याट ओछ्याएरै खेल भयो। त्यतिमात्र नभइ मैदान पुर्णरुपमा अव्यवस्थित रह्यो।

म्याट ओछ्याइएको पिच, बाउण्ड्रीभित्र रहेको घर, कालो पोतिएको साइट स्क्रिन अनि भुइँमा ढुङ्गाले अड्याएर राखिएको स्कोरबोर्डले सामाजिक संजाल ततायो।

४. पुरस्कारमा ठगिए खेलाडी

राखेपले प्रतियोगिताको पुरस्कार राशि सार्बजनिक गर्ने क्रममा प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल र उत्कृष्ट ब्याट्सम्यान तथा उत्कृष्ट बलरले ५०-५० हजार रुपैयाँ पाउने बताइएको थियो। तर प्रतियोगिताको पुरस्कार बितरणको क्रममा प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित भएका ललित नारायण राजवंशीलाई ५० हजार रुपैयाँको चेक थमाइयो भने उत्कृष्ट ब्याट्सम्यान र बलर घोषित भएका राजु रिजाल र ललित नारायण राजवंशीलाई ३०-३० हजार मात्र दिइयो।

५ एक हाते क्याचको पुरस्कारमा समेत बिबाद

आयोजकले घोषणा गर्दा एक हातले क्याच गर्दा हरेकलाइ पुरस्कार दिने घोषणा गरे विपरित सुरुमा क्याच गर्नेले मात्र अन्तिम दिन डमि चेक प्राप्त गरेका थिय !

६. आन्तरिक ब्यवस्थापन

येति ठूलो प्रतियोगितामा मिडिया बक्स हुँदै कमेन्ट्री बक्स सम्म ईन्टरनेटको ब्यवस्था नहुदा पत्रकार र कमेन्टेटरले असहज तरिकाले काम गरे !

रास्ट्रीय प्रतियोगिताको प्लेयर बक्समा समर्थक देखि सबैको सहज प्रबेस देखिन्थ्यो, को खेलाडी को समर्थक को भिजिटर को गेस्ट छुट्याउन गारो थियो !

अन्य मसिना ब्यवस्थापकिय कमजोरिको चाङ्ग नै रहेको थियो !

७. पहिलो दिन प्रत्यक्ष प्रसारणमा कमजोरी

प्रतियोगिताको उद्धाटन सङ्गै पहिलो दिनको खेल प्रत्यक्ष प्रसारण हुन सकेन

८. पुरस्कारमा ढिलाइको आसन्का

अघिल्लो संस्करणको पुरस्कार करिब करिब एक बर्स नै लगाएर दियिएको थियो, यो पटक पनि समयमा बिजेता र उपबिजेता टिमले पुरस्कार प्राप्त गर्ने टुङ्गो गरिएन