विनोद सिंह विष्ट–बैतडी,२५ जेठ
बैतडीको दशरथचन्द नगरपालिकामा जारी उन्नाईस बर्षमुनीको दोस्रो उप–मेयर कप महिला टि –ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत दशरथचन्द नगरपालिका वडा नं २ देहिमाण्डौं र दशरथचन्द नगरपालिका वडा नं ५ दशथचन्द विजयी भएको छ ।
पहिलो खेल : देहिमाण्डौंले दशरथचन्द नगरपालिका ११ नागार्जुनलाई १ विकेटले पराजित गर्यो
निंगलाशैनी खेल मैदान देहिमाण्डौंमा सम्पन्न खेलमा टस जितेर पहिला ब्याटिंग गरेको नागार्जुनले १७ दशमलव १ ओभरमा अलआउट हुदैं १५१ रन बनायो । जसमा करिश्मा भण्डारीले २८ तथा कविता भण्डारीले २७ रनको योगदान गरीन् ।
देहिमाण्डौंका लागी मुना बोहराले ३ विकेट हात पारीन् ।
१५२ रनको लक्ष्य देहिमाण्डौंले १६ दशमलव ३ ओभरमा ९ विकेटको क्षतीमा पुरा गर्यो । देहिमाण्डौंको जितमा मिना रावतले ४० तथा निर्मला बोहराले २९ जोडीन् ।
नागार्जुनका लागी इश्वरी भण्डारीले ५ तथा निर्मला भण्डारीले ३ विकेट हात पारीन् ।
प्रतियोगितामा सबैभन्दा बढी व्यक्तिगत ५ विकेट हात पारेका नागार्जुनका इश्वरी भण्डारी ओम्यान अफ द म्याच घोषित भईन् ।
दोस्रो खेल : दशरथचन्द नगरपालिका वडा नं ४ खलंगालाई ८१ रनले पाखा लगाउदै वडा नं ५ दशरथचन्द विजयी भएको छ ।
टस हारेर ब्याटिंगको निम्ता पाएको दशरथचन्दले ५ विकेटको क्षतीमा १४५ रन बनायो । जसमा लक्ष्मी महरले ३० रन जोडे ।
खलंगाकी गौमती भट्टले १ विकेट लिएकि थियिन !
८२ रनको लक्ष्य पन्छाएको खलंगा १३ ओभर ५ बलमा ६४ रनमा समेटियो । खलंगाका गौमती भट्टले सर्वाधिक १६ रन जोडे ।
दशरथचन्दका लागी ओम्यान अफ द म्याच भएकी लक्ष्मी महरले ३ विकेट हात पारेको स्कोरर दिपेन्द्र बोहराले जानकारी दिए ।
प्रतियोगिताको प्रथम पुरस्कार ३० हजार,द्वितीय पुरस्कार २५ हजार नगद, ट्रफी र प्रमाणपत्र रहेको छ । यस्तै म्यान अफ द सिरीजलाई ५ हजार नगद, ट्रफी र प्रमाणपत्र पुरस्कार दिईने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले बताए ।