Cricket Himalaya
Cricket News From Top of The World

प्रधानमन्त्री कप एकदिवसीय रास्ट्रीय क्रिकेट प्रतियोगिताका टप ५ बलर र ब्याट्सम्यान

जेष्ठ २५, क्रिकेट हिमालय

राष्ट्रिय खेलकुद परिषदको आयोजना जेठ १० बाट सुरु भएको एक्सपर्ट प्रधानमन्त्री कप २०७६ को उपाधी माथि नेपाल पुलिस क्लबले कब्जा गरेको छ। फाइनल खेलमा त्रिभुवन आर्मि क्लब लाई नेपाल पुलिस क्लबले ४ विकेट ले पराजित गरेको छ।

ब्याटिङ तर्फ उत्कृष्ट रहेका ५ ब्याट्सम्यानहरु:

१. राजु रिजाल

प्रतियोगितामा विभागीय टोलि त्रिभुवन आर्मि क्लब बाट ओप्निङ ब्याट्सम्यानको रूपमा आएका राजु रिजालले प्रतियोगितामा ६ खेल खेल्दै २६१ रन बनाएका छन। ७०.७३ को स्ट्राइक रेटमा खेलेका राजु रिजालले ३ अर्धशतक र आफ्नो उच्च रन ९० बनाएका थिए।

२. अमित श्रेष्ठ

नेपाल पुलिस क्लबका ओप्निङ ब्याट्सम्यान अमीत श्रेष्ठले प्रतियोगितामा ६ खेल खेल्दै २१० रन बनाएका थिए। ८८.६० को स्ट्राइक रेटमा खेल्दै अमितले प्रतियोगितामा १ अर्धशतक र अमितले १०६ रनको शतकिय पारी समेत खेलेका थिए।

३. रोहित पौडेल

त्रिभुवन आर्मी क्लबका रोहित पौडेलले ६ खेल खेल्दै १८८ रन बनाएका छन। ९७.९१ को स्ट्राइक रेटमा खेल्दै उनले ब्यक्तिगत तर्फ उच्च रनमा ५६ रन जोडेका थिए।

४. इशान पाण्डे

प्रदेश नं. ३ बाट प्रतियोगिता खेलेका इशान पाण्डेले ५ खेल खेल्दै जम्मा १८० रन बनाएका छन। ६४.७४ को स्ट्राइक रेटमा खेल्दै इशान पाण्डेले २ अर्धशतक बनाएका थिए।

५. विनोद भण्डारी

त्रिभुवन आर्मी क्लबका विनोद भण्डारीले ६ खेल खेल्दै १७७ रन बनाएका छन। ११९.५९ को स्ट्राइक रेटमा खेल्दै भण्डारीले २ अर्धशतक बनाएका थिए।

बलिङ तर्फ उत्कृष्ट रहेका ५ बलरहरु:

१. ललित राजवंशी

नेपाल पुलिस क्लबका ललित राजवंशीले ६ खेल खेल्दै २० विकेट लिए।
स्पेल: (४२.३-८-१२३-२०)
इकोनोमी: २.८९

२. सहाब आलम

त्रिभुवन आर्मी क्लबका सहाब आलमले ६ खेल खेल्दै १६ विकेट लिए।
स्पेल: (४७.१-७-१४०-१६)
इकोनोमी: २.९६

३. दिपेन्द्र ऐरि

नेपाल पुलिस क्लबका दिपेन्द्र ऐरीले ६ खेल खेल्दै १३ विकेट लिए।
स्पेल: (३२-१०-९०-१३)
इकोनोमी: २.८१

४. सुसन भारी

त्रिभुवन आर्मी क्लबका सुसन भारीले ६ खेल खेल्दै १३ विकेट लिए।
स्पेल: (५१.३-४-१४८-१३)
इकोनोमी: २.८७

५. पुष्प थापा

प्रदेश नं. १ का पुष्प थापाले ४ खेल खेल्दै १२ विकेट लिए।
स्पेल: (३३.१-२-१२४-१२)
इकोनोमी: ३.७३