Cricket Himalaya
Cricket News From Top of The World

स्टेडियम निर्माणस्थलको सुरक्षार्थ प्रहरि तैनाथ

चितवन, जेठ २५

धुर्मुस सुन्तली फाउन्डेसन द्वारा चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा स्थानियको अवरोध सङ्गै निर्माण कार्य रोकिएपछी निर्माणस्थलमै अब सुरक्षा प्रदान गर्न प्रहरी बेस राखिने भएको छ !

चितवनको भरतपुर–१५, रामपुरमा निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाका लागि चितवन प्रहरीले सुरक्षा दिने भएको छ ।

असुरक्षाका कारण काम प्रभावित भएको कुराहरु बाहिर आएपछि प्रहरीले पूर्ण रुपमा सुरक्षा प्रदान गरिरहेको जनाएको छ ।
रंगशालाको सुरक्षाका लागि सोही स्थानमा बेस रहने गरी हाललाई प्रहरी नायव निरीक्षकको कमाण्डमा २४ सै घण्टा प्रहरी टोली खटाईएको छ !