Cricket Himalaya
Cricket News From Top of The World

नेपालगन्जमा ‘अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिता’ सुरु, २३ वटा वार्डको सहभागीता

नेपालगन्ज २४ जेष्ठ ।

नेपालगन्जमा आजदेखि अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले प्रतियोगिताको उद्घाटन गरेका छन ।

शुक्रबार भएको मैत्रीपूर्ण खेलमा आयोजक द ग्रुप अप युथ सिक्स्टिन बिजयी भएको छ । उसले बांके जिल्ला क्रिकेट संघलाई १७ रनले पराजित गरेको हो

खेलमा टस जितेर पहिला व्याटिग गरेको आयोजकले ८९ रन बनाएको थियो ।

९० रनको लक्ष सहित जबाफी व्याटिगमा बांके जिल्ला क्रिकेट संघ ७३ रनमा अल आउट भयो ।

खेलमा ६५ रन प्रहार गर्ने आयोजकका सन्तोष शाह म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता भने भोलि विहान बिहान ६ बजेदेखि सुरु हुने छ । नेपालगन्जका २३ वटै वडा सहभागि प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. ३ र वडा नं. ५ भीड्ने छन् ।

साढे १० लाख रुपैयाँ लागतमा आयोजना गर्न लागिएको प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार नगद प्राप्त गर्ने आयोजक द ग्रुप अप युथ सिक्स्टिनका सचिव राम श्रेष्ठले जानकारी दिए ।

खेल आयोजना हुने मंगल प्रसाद माबिको मैदानमा निशुल्क इन्टरनेटको व्यवस्था गरिएको छ । इन्टरनेट सेवा प्रदायक सुविसुले संचारकर्मी, दर्शक सबैका लागि निशुल्क वाईफाईको व्यवस्था गरिदिएको श्रेष्ठले जानकारी दिए ।

उद्घाटन समारोहमा प्याब्सन नगर कमिटीसँगको समन्वयमा सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

उद्घाटन समारोहमा २३ वटै वडाको टिमका सदस्यहरु, अफिसियल, मेयर, लगायत उपस्थित रहेका थिए ।