Cricket Himalaya
Cricket News From Top of The World

ब्रमास्मी एसईई कप क्रिकेटको अक्सन सम्पन्न, प्रतियोगिता जेष्ठ २६ देखी शुरु हुने

२४ जेष्ठ,काठमाडौं

नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा सम्पनन हुने “ब्रमास्मी एसईई कप क्रिकेट प्रतियोगिता” काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा जेष्ठ २६ गते बाट शुरु हुने भएको छ ।

देशभरका १२ स्थान मा ट्यालेन्ट हन्ट गरि १२० खेलाडी प्रारम्भीक छनौट गरिएको जनाउदै प्रारम्भीक छनौट भएका खेलाडीहरुको काठमाण्डौमा ७ दिने बन्द प्रशिक्षण पश्चात छनौट भएका ६० खेलाडीको जेष्ठ २४ गते अक्सन सम्पन्न गरिएको टुर्नामेन्ट डाईरेक्टर प्रबल गौतम जानकारी गराउनु भयो ।

देशका बिभिन्न सामरिक महत्वका प्रमुख ४ स्थानको नाममा टिम बिभाजन गरि प्रतियोगिता सम्पन्न हुनेछ भने प्रत्येक खेल ३०÷३० ओभरको हुने छ ।

यस बर्ष एसईई दिएका ५६ खेलाडी, अन्डर सिक्सटिनका ४ जना उदयीमान खेलाडी र ८ जना यसै बर्ष एसईई दिएका टिम मालिकले रोजेका खेलाडी गरि प्रतियोगितामा ६८ खेलाडी ले सहभागिता जनाउने छन ।

आज सम्पन्न अक्सनमा निम्न अनुसार खेलाडी अक्सन मार्फत टिमले लिएका छन !

१. काठमाण्डौ रोयल्स टिम

उत्तम थापा मगरको कप्तानीमा प्रबिन भुजेल, सिमान्त शाही, मन्दिप भुजेल, शेजाद मन्सुरी, रोनिम तिवारी, अनुप नेपाल, प्रेम बोहोरा, किशोर आचार्य, कौशल श्रेष्ठ, सुमित बुढाथोकी, साहिल सिंह, बिजय पौडेल, राहुल खतिवडा, निकेश गुप्ता ईमर्जिङ ट्यालेन्ट, वनर च्वाईस बाट सुनोज के सी र रोशन शाह रहेका छन ।

केशव के सी टिम वनर, सरस्वती शाही म्यानेजर र जनक नेपाल प्रशिक्षक रहेका छन ।

२. कैलाली डल्फीन

प्रियान्सु श्रेष्ठको कप्तानीमा शाहिल पटेल, डबल ऐर, सन्दिप बस्नेत, अबिशेक कुवँर, रोबिन क्षेत्री, सुशिल क्षेत्री, रमेश बुढा, समिर खड्का, हिमांशु भट्ट, सरद सुबेदी, हरिश के सी, सुनिल भण्डारी, सन्देश गौतम, अस्फाक खान ईमर्जिङ ट्यालेन्ट, र वनर च्वाईसमा मिनल तिमिल्सीना र सशांक तिमिल्सीना रहेका छन ।

मंगल बहादुर शाही टिम वनर, राज बम म्यानेजर र प्रकाश चन्द प्रशिक्षक रहेका छन ।

३. बिराटनगर लाईन्स

अमित कुमार महतोको कप्तानीमा शंकर पौडेल, सचिन न्यौपाने, ईशान शेख, राम सुरथ यादव, रोहन भट्टराई, अर्जुन ढकाल, अभिशेक बुढाथोकी, तनिस स्वप्नील, ईन्द्र देउवा, सर्बोच्च बस्नेत, उमंग बस्नेत, हिमाल न्यौपाने, प्रबेश साउद, रोचक यादव ईमर्जिङ ट्यालेन्ट, वनर च्वाईस सम्राट बस्नेत रहेका छन ।

टिम वनरमा अभिशेक श्रेष्ठ, म्यानेजर प्रदिप सुनुवार र प्रशिक्षक रेवती रमण यादव रहेका छन ।

४. टिम दङ्गाली

सहवाज खानको कप्तानीमा टिम दङगाली त्रिशुल घोषणा भएको छ । टिममा नितेश गुप्ता, सम्भव श्रेष्ठ, प्रभाकर कुवँर, हरिश पन्त, रोजिन जायाना श्रेष्ठ, सक्रिय कार्की, भुपेन्द्र चन्द, बिपीन भन्डारी, सचिन क्षेत्री, सार्थक न्यौपाने, कुशल नेपाली, अदित रावत, रिवाज निरौला, उमेश राम ईमर्जिङ ट्यालेन्ट, वनर च्वाईसमा सृजन गुरुङ रहेका छन ।

डा.आलया शर्मा टिम वनर, मणिरत्न कुमार शाह म्यानेजर र आशिब पौडेल प्रशिक्षक रहेका छन ।

खेल तालिका

जेष्ठ २६ गते पहिलो खेल — काठमाण्डौ रोयल्स र बिराटनगर लाईन्स
जेष्ठ २६ गते दास्रो खेल — कैलाली डल्फीन र दङगाली त्रिशुल

जेष्ठ २७ गते पहिलो खेल — काठमाण्डौ रोयल्स र कैलाली डल्फीन
जेष्ठ २७ गते दास्रो खेल — बिराटनगर लाईन्स र दङगाली त्रिशुल

जेष्ठ २८ गते पहिलो खेल — बिराटनगर लाईन्स र कैलाली डल्फीन
जेष्ठ २८ गते दास्रो खेल — काठमाण्डौ रोयल्स र दङगाली त्रिशुल

जेष्ठ २९ फाईनल खेल — समुह बिजेता र समुह उपबिजेता

रिपाटिङ टाईम प्रथम खेल बिहान ७.३०, दोस्रो खेल ११.३०

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने १४ खेलाडी छनोट गरी श्रीलंकाको सिरिजमा सहभागिता गराईने आयोजकले जनाएको छ ।

उत्कृष्ट १४ खेलाडीलाई ब्रमास्मी कलेजले निशुल्क छात्रवृत्तिमा अध्यययन गर्ने व्यवस्था गराउनेछ ।

प्रतियोगिताको बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र म्यान अफ दि सिरिज हुनेले नेक्सस क्रिकेट एकेडमीको दिल्ली सेन्टरमा १ वर्षसम्म निशुल्क प्रशिक्षणको ब्यबस्था गरिने आयोजकले जनाएको छ । अन्य १० उत्कृष्ट खेलाडीलाई नेक्सस क्रिकेट एकेडेमीमा ६ महिना निशुल्क प्रशिक्षणको व्यवस्था गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको अनुमानित लाग २५ लाख रूपैया रहेको छ । प्रतियोगिता मुलपानी क्रिकेट मैदानमा आयोजना हुनेछ ।