Cricket Himalaya
Cricket News From Top of The World

त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब बिच पिएम कपको फाइनल भिडन्त

२४ जेठ, क्रिकेट हिमालय

किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सनिबार (जेष्ठ २५) फाइनल खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिडदैछन !

त्रिभुवन आर्मी क्लबको फाइनल यात्रा

आर्मी लिग चरणमा प्रदेस न २ लाई १७१ रनले, प्रदेस न १ लाई १०९ रनले, कर्णाली प्रदेसलाइ ११७ रनले, बिजयी भएको थियो भने नेपाल पुलिस क्लब सङ्ग ५० रनले पराजित भएको थियो !

ग्रुप बिमा दोश्रो स्थानमा रहेको आर्मीले सेमिफाइनलमा ग्रुप एको बिजेता प्रदेस न ३ लाई ११७ रनले पराजित गर्दै फाइनल प्रबेस गरेको हो !

नेपाल पुलिस क्लबको फाइनल यात्रा

पुलिसले लिग चरणमा कर्णाली प्रदेसलाइ ९४ रन, प्रदेस न १ लाई ७५ रनले, आर्मिलाइ ५० रनले, प्रदेस न २ लाई १५६ रनले पराजित गरेको थियो !

ग्रुप बिमा पहिलो स्थानमा रहेको पुलिसले ग्रु एको दोश्रो स्थानको एपिएफलाइ सेमिफाइनलमा ५ विकेटले पराजित गर्दै फाइनल प्रबेस गरेको हो !

प्रतियोगितामा ७ प्रदेश र तीन विभागिय गरि १० टोलीको सहभागिता रहेको थियो । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो ।

समुह “ए” मा सशस्त्र प्रहरी बल, ५ न. प्रदेश, ३ न. प्रदेश, सुदुरपश्चिम प्रदेश र गण्डकी प्रदेश रहेका थिए !

समुह “बी” मा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब,२ न. प्रदेश, १ न. प्रदेश र कर्णाली प्रदेश रहेका थिए !

राउन्ड रोविन लिग पछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुगेका थिए । सेमिफाईनल खेल जेठ २२ र २३ गते समपन्न भएको थियो । २४ गते रेस्ट हुँदा २५ गते फाईनल हुने छ ।

प्रधानमन्त्री कपको विजेताले उपाधिसहित २० लाख रुपैयाँ, उपविजेता हुने टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटर साइकल पाउने छन् भने उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५० हजार प्राप्त गर्ने छन्।

प्रतियोगितामा एक हातले क्याच लिने दर्शकले ५० हजार रुपैयाँ पाउने छन्। प्रतियोगितामा १ करोड ७५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।