Cricket Himalaya
Cricket News From Top of The World

रोयल कोलोनी प्रीमिएर लिग(RCPL) क्रीकेट प्रतियोगिता,टिम मालिकको आबेदन खुल्ला

क्रीकेट हिमालय, रुपन्देही , जेठ २४

रुपन्देहीको सैनामैनामा दुधराक्ष युवा क्लबको आयोजना तथा सैनामैना नगरपालिकाको संरक्षकमा सुरु हुने रोयल कोलोनी क्रीकेट प्रीमिएर लिग टि-ट्वान्टी क्रीकेट प्रतियोगिताको लागि ८ क्रीकेट टिम मालिकको लागि आबेदन खुल्ला गरिएको छ ।
नेपाली क्रीकेटमा भविष्य खोजिरहेका यूवाहरूलाई राष्ट्रिय खेलाडिहरूसंग एक्सपोजर तथा नेपाली क्रीकेटमा उदयमान खेलाडिहरु उत्पादन गर्ने प्रतियोगिताको मुख्य लक्ष्य रहेको आयोजकले जनाएको छ ।
साथै खेलाडी अक्सनको आबेदन फर्म प्रतियोगिता सुरु हुने मिति , खेल मैदान, पुरस्कार राशि लगायत अन्य सम्पूर्ण प्रतियोगिता बारे केही दिनपछी आयोजकले प्रत्रकार सम्मेलन गरेर जानकारी दिने भएको छ ।
सम्पर्क बिज्ञान कार्की-9862967726,शूशिल अधिकारी-9867424093