Cricket Himalaya
Cricket News From Top of The World

जुनियर जेसिज प्रीमियर लिग, कैलाली : स्टार र पदमा ब्रीज कोर्स बिजयी

जेस्ठ २३, क्रिकेट हिमालय

धनगढी जुनियर जेसिजको आयोजनामा कैलाली बहुमुखी क्याम्पस मैदानमा सुरु भएको इन्टर ईन्स्टिच्युट क्रिकेट प्रतियोगिता ‘जुनियर जेसिज प्रीमियर लिग’ को पहिलो दिनको खेलमा स्टार र पदमा बृज कोर्स बिजयी भएको छ !

पहिलो खेल : कालिका र स्टार ब्रीज कोर्स

कालिका टस जितेर पहिला फील्डिङ्ग रोज्यो र स्टारले १४.० ओवरमा अल आउट हुँदै ११३ रन बनाएको थियो !

स्टारका खेलाडी आयुष कुंवरले २६ रन, दीपक जागृले १७ रन बनाएका थिए !

कालिकाका बलर कृष्ण, बिरेेन्द्र र गौरव ले तिन-तिन विकेट लिएका थिए !

११४ रनको लक्ष्य पछ्याएको कालिका १३.५ ओवरमा अल आउट हुँदै ८४ रनमा समेटिदा २९ रनले पराजित रह्यो !

स्टारका तर्फबाट नीरज र दीपकले २ विकेट लिएका थिय।

खेलका म्यान अफ द म्याच स्टारका नीरज बलायेर भएका थिए।

दोश्रो खेल : पदमा र एडुपल-१ ब्रीज कोर्स

एडुपल टस जितेर पहिला ब्याटिङ रोजेको थियो।एडुपलले १०.० ओवरमा अल आउट हुँदै ५२ रन बनाएको थियो !

एडुपल-१ का कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन भने ३३ रन अतिरिक्त पाएका थिय !

पदमाका बलर सुरेश कडायतले ३ ओवरमा ६ रन दिदै ४ विकेट लिन सफल भएका थिय !

लक्ष्य पछ्याउने क्रममा पदमाले ३.१ ओवरमा १ विकेट गुमाउदै ५३ रन बनाएपछी ९ विकेटको जीत हात पारेको थियो !

पदमाका लागी सन्दिप बिस्टले १० बल खेल्दै २५ रन हानेका थिए भने बिबेक बोहोराले ६ बलमा १९ रनको अबिजित पारी खेलेर आफ्नो टीमलाई जित दिलाएका छन।

एडुपलका तर्फबाट कप्तान अंकित रानाले एक विकेट मात्र लिन सफल भएका थिय।

यस खेलका म्यान अफ द म्याच पदमाका सुरेश कडायत भएका थिए।