Cricket Himalaya
Cricket News From Top of The World

एफिएफलाइ पराजित गरेको पुलिसले फाइनलमा आर्मिको सामना गर्नेछ

२३ जेठ, क्रिकेट हिमालय

किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो सेमिफाइनल नेपाल पुलिस क्लबले एपिएफलाई ५ विकेटले पराजित गरेको छ !

यो सङ्गै सनिबार प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिडने छन !

टस हारेर सुरुमा ब्याटिङ गरेको एपिएफले अत्यन्त कमजोर ब्याटिङ प्रदसन गरेको छ ! मात्र ९ रनमा पहिलो विकेट गुमाएको एपिएफ १७.२ ओभरमा ८ विकेट गुमाउदै २९ रनको अवस्थामा थियो, अन्त्यमा २२.१ ओभरमा ४१ रनमा समेटियो !

एपिएफका लागि कुनै पनि ब्याट्सम्यानले दोहोरो अन्कमा रन बनाउन सकेनन ! सरद भेषावकर र पृथु बास्कोटाले उच्च ७/७ रन वनाएका थिए !

कुसल भुर्तेल ३, ललित राजबन्शी ४, सागर ढकालले ३ विकेट लिएका छन !

झिनो लक्ष पछ्याएको पुलिस ९.३ ओभरमा ५ विकेट गुमाउदै ४५ रन बनाएपछी सहज ५ विकेटको जित हात पार्दै फाइनल प्रबेस गर्यो ! दिपेन्द्र ऎरिले १३, पवन सर्‍अफले २१ रन बनाएका थिए !

एपिएफका लागि वसन्त रेग्मिले ३ र सरद भेषावकरले २ विकेट लिएका थिए !

ग्रुप ए बाट प्रदेस न ३ र एपिएफ, ग्रुप बि बाट पुलिस र आर्मी सेमिफाइनल प्रबेस गरेका थिए !

प्रतियोगितामा ७ प्रदेश र तीन विभागिय गरि १० टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समुह “ए” मा सशस्त्र प्रहरी बल, ५ न. प्रदेश, ३ न. प्रदेश, सुदुरपश्चिम प्रदेश र गण्डकी प्रदेश रहेका छन्

समुह “बी” मा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब,२ न. प्रदेश, १ न. प्रदेश र कर्णाली प्रदेश रहेका छन्।

राउन्ड रोविन लिग पछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाईनल खेल जेठ २२ र २३ गते हुने छ । २४ गते रेस्ट हुँदा २५ गते फाईनल हुने छ ।

प्रधानमन्त्री कपको विजेताले उपाधिसहित २० लाख रुपैयाँ, उपविजेता हुने टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटर साइकल पाउने छन् भने उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५० हजार प्राप्त गर्ने छन्।

प्रतियोगितामा एक हातले क्याच लिने दर्शकले ५० हजार रुपैयाँ पाउने छन्। प्रतियोगितामा १ करोड ७५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।