Cricket Himalaya
Cricket News From Top of The World

यु१६ टि३० त्रिकोणिय सिरिज, कैलालीको दोश्रो दिन ‘टिम धनगढी’ बिजयी

जेष्ठ २३, क्रिकेट हिमालय

धनगढी-धनगढी क्रिकेट एकेडेमी-सीवाइसी अत्तरिया त्रीकोणात्मक सिरिज अन्तर्गत आज सम्पन्न खेलमा टिम धनगढी बिजयी भएको छ !

धनगढी र धनगढी क्रिकेट एकेडेमी वीचको खेलमा टिम धनगढीले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो। फलस्वरूप, टिम धनगढीले निर्धारित ३० ओभरको खेलमा २८.१ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षति १६१ रन बनाउन सफल भएको थियो !

ब्याटिङतर्फ टिम धनगढीका लागि अभिषेक मल्लले सर्वाधिक ५५ रन बनाउदै सिरिजको पहिलो अर्धशतक बनाउने खेलाडी बन्न पनि सफल भएका छन्। त्यस्तै,विवेक चन्द २४ रन, दिपक रोकाया १७ रन तथा आयुश खड्काले १४ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो स्कोर जोड्न सकेनन्।

बलिङतर्फ धनगढी किर्केट एकेडेमीका लागि लाल खड्काले सर्वाधिक ४ विकेट लिन सफल हुँदा बिरेन्द्र ढुंगाल र आशिष भण्डारीले समान २/२ विकेट लिन सफल भए।

१६२ रनको विजयीलक्ष्य पछ्याउँदै मैदान उत्रेको धनगढी किर्केट एकेडेमीले निर्धारित ३० ओभरको खेलमा १८ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षति १२१ रनमात्र बनाउन सक्यो।

ब्याटिङतर्फ धनगढी किर्केट एकेडेमीका लागि अनिल थापाले सर्वाधिक ४० रन बनाउदा कप्तान सुवोध ऐरले २७ रन बनाउन सफल भएपनि आफ्नो टिमलाई जित भने दिलाउन सकेनन्। त्यस्तै, नवीन बिष्टले १२ रनबनाउनुबाहेक अन्य खेलाडीले दोहोरो स्कोर जोड्न सकेनन्।

बलिङतर्फ धनगढीका लागि विवेक के सीले सर्वाधिक ४ विकेट लिन सफल हुँदा विरेन्द्र बिष्ट,दिपक रोकाया र अशोक धामीले समान २/२ विकेट लिन सफल हुँदै आफ्नो टिमलाई महत्त्वपूर्ण जित दिलाउनुका साथै सिरिजको फाइनल पुर्‍याउन पनि सफल भएका छन्।

सिरिजको दोश्रो खेल टिम धनगढीले ४० रनले जित्न सफल हुँदै त्रीकोणात्मक सिरिजको फाइनलमा आफ्नो स्थान सुरक्षित गर्न पनि सफल भएको छ।

खेलको म्यान अफ दी म्याच टिम धनगढीका अभिषेक मल्ल घोषित हुन सफल भएका छन्।

सिरिजको तेश्रो खेल भोलि बिहान सीवाइसी अत्तरिया र धनगढी किर्केट एकेडेमीवीच हुनेछ।